उम्मेदवारमाथि कुनै उजुरी परको छैन् : निर्वाचन आयोग, नामावली आज प्रकाशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ कार्तिक | मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका प्रतिनिधी र प्रदेशसभाका उम्मेदवारमाथि कुनै उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार विरुद्ध पर्ने उजुरी उपर जाँचबुझ गर्ने आयोगको कार्यतालिका भएपनि कुनै उजुरी नपरेकाले अपरान्ह ५ बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिनिधीसभा र प्रदेशसभाका लागि ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधीसभाका लागि कास्की २, प्रदेशसभाका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख) मा निर्वाचन हुँदैछ । त्यस्तै भोलि बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सक्ने समय तय भएको आयोगले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही दिन अपरान्ह अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ । स्थानीय तहका लागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । मंसिर १४ गते ३७ जिल्लाका ५२ स्थानमा निर्वाचन हुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *