शैक्षिक सर्वेक्षण : किसानका छोराछोरी सामुदायिकमा धेरै

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, कार्तिक २३ । तुलसीपुर उपमहानगरपालिकाको समग्र शैक्षिक अवस्थाको सर्वेक्षण गरिएको छ । उपमहानगरपालिका भित्र रहेका ७० सामुदायिक विद्यालय र ६९ निजी विद्यालयमा गरिएको सर्वेक्षण समग्र सिकाई प्रक्रिया निकै चिन्ताजनक रहेको पाइएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत सामुदायिक विद्यालयका ९ हजार १ सय ५० र निजि विद्यालयमा अध्ययनरत १८ हजार ९ सय १६ विद्यार्थीमा उक्त सर्वेक्षण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्वेक्षणका क्रममा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका ९ प्रतिशत छोराछोरी मात्रै सामुदायिक विद्यालयमा अध्यापन गर्ने गरेको पाइएको थियो । “९१ प्रतिशत शिक्षकहरुले आफ्ना वालवालिकाहरु निजी विद्यालयमा पढाउने गरेको पाइएको छ ।” सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै टिच फर नेपालका अध्यक्ष शिशिर खनालले वताउनुभयो । उहाँले सामुदायिक विद्यालयप्रति सरकारी कर्मचारी र शिक्षककै विश्वास कम देखिएको वताउनुभयो । सर्वेक्षणमा किसानका छोराछोरी मध्ये ५० प्रतिशत सामुदायिक विद्यालयमा अध्यापन गरेको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाई प्रक्रिया निकै नाजुक देखिन्छ । मुख्य गरेर गणित र अँग्रेजी विषयमा यस्तो सिकाई प्रक्रिया कम देखिएको हो । अध्ययनमा उल्लेख भए अनुसार सामुदायिक विद्यालयको अँग्रेजीको सिकाई उपलब्धि ०.७२ प्रतिशत हुँदा निजी विद्यालयको सिकाई उपलब्धि ७.६४ प्रतिशत देखिएको छ भने सामुदायिक विद्यालयको गणितको सिकाई उपलब्धि ०.६१ प्रतिशत हुँदा निजी विद्यालयको सिकाई उपलब्धि ५.५६ प्रतिशत पाइएको छ ।

नेपाली विषयको भने दुवैमा वरावर जस्तो देखिएको छ । सर्वेक्षणमा सामुदायिक र निजी गरेर तुलसीपुरका ६३ प्रतिशत विद्यार्थीहरुलाई पिटाइको मारमा परेको उल्लेख गरिएको । जसमध्ये ४८ प्रतिशत विद्यार्थीलाई घरमा, ५३ प्रतिशत सरकारीमा र ६८ प्रतिशत निजी विद्यालयमा पिट्ने गरिएको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१ सय २० युवा स्वयम्सेवकहरुले तुलसीपुर क्षेत्रका सबै विद्यालयमा पुगेर मोवाईल एप्स मार्फत गरिएको सर्वेक्षणमा ३३ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा ट्युसन पढ्ने गरेको पाइएको छ भने १० प्रतिशत विद्यार्थीहरु सरकारी विद्यालयमा ट्युसन पढ्ने गरेको पाइएको हो । सर्वेक्षणका क्रममा विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रश्नहरु सोधिएको थियो । विद्यार्थीहरुले प्रश्नको जवाफ दिने क्रममा ३३ प्रतिशतले मात्रै पाठ्यपुस्तक वाहेकका पुस्तक अध्ययन गर्ने गरेको पाइएको थियो । जसमा ३८ प्रतिशत निजी विद्यालयका रहेका थिए भने २२ प्रतिशत सामुदायिक विद्यालयका रहेको पाइएको छ ।

अव सुधारमा लागौ ः नगरप्रमुख पाण्डे

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सर्वेक्षणको समिक्षा गर्दै नगरप्रमुख घनश्याम पाण्डेले शिक्षा सुधारमा लाग्नुपर्ने वताए । उनले लगानीका हिसावले उपमहानगरपालिकाले कुनै पनि खालको सम्झौता नगर्ने वताउँदै शिक्षक र व्यवस्थापन समितिलाई पनि नयाँ सोचका साथमा अगाडि वढ्न आग्रह गर्नुभयो । “हाम्रो शिक्षाको सम्पूर्ण वडिको टेस्ट भएको छ अव सुधार्नमा एकमत भएर लाग्नुपर्ने देखिन्छ ।” उहाँले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य अवस्था सुधारिदै गएको वताउँदै अव शिक्षा सुधार्नका लागि पनि कटिवद्ध भएर लाग्ने उनले प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी वर्षबाट शिक्षाको वजेट वृद्धि गर्दै लैजाने वताउँदै उनले नारा र भाषणमा मात्रै भन्दा पनि तथ्यांक र परिणाममा आधारित रहेर निष्कर्श निकाल्न अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“हाम्रो शैक्षिक अवस्था खराव छ भन्ने जान्दा जान्दै पनि यो सर्वेक्षण सार्वजनिक गर्ने आँट गर्यौ अव सुधार्ने पनि आँट गर्नेछौ ।” पाण्डेले भन्नुभयो । विद्यार्थीको सिकाई उपलब्धि माथिल्लो कक्षामा कम हुँदै जानुले प्राविधिक शिक्षा पढ्नबाट विद्यार्थी वन्चित हुनुपरेको उहाँको भनाई थियो ।

कार्यक्रममा सर्वेक्षण संयोजक अंकुर उप्रेतिले निशुल्क रुपमा स्वयम्सेवा गर्ने विद्यार्थीको सहयोगले मात्रै यो सम्भव भएको वताउनुभयो । उहाँले विद्यार्थीहरुमा सिक्ने चाहना धेरै भएपनि सो अनुसार वातावरण निर्माण हुन नसकेकोमा जोड समेत दिनुभयो । शिक्षा समिति संयोजक देवराज विकको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले स्वागत गरेका थिए भने सहजिकरण विदियोकी राइले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *