उपनिर्वाचनमा उम्मेदवारबाट मनोनयन दर्ता, १४ उम्मेदवारले प्रतिष्पर्धा गर्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कार्तिक २१ । दाङ निर्वाचन क्षेत्र नं ३ (२)को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा उपनिर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो पुगी जिल्लास्थित राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी विचार)बाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजपा नेपाल उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपनि दर्ता नगराएर फर्किएको छ । राजपाले अन्तिममा आएर नेपाली कांगैसलाई समर्थन गर्ने भएपछि उम्मेदवारी दर्ता नगराएको जिल्ला अध्यक्ष ओमप्रकाश गुप्ताले जानकारी दिए । राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन दल बलका साथ बाजागाजासहित र्याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मनोनयनका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिए पनि दलका केही उम्मेदवारको मनोनयन पत्र र मतदाता नामावलीमा नाम नामेसी नमिल्दा निर्धारित समयभन्दा केही ढिला गरी मनोनयनको काम सकिएको थियो । मनोनयन दर्तापछि कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरेको जनाएको छ ।

अब भोलि २२ गते शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, २३ गते बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । २४ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । दलको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुगेका नेपाली कांग्रेसको प्रदेश सभा सदस्य उम्मेदवार केशव आचार्यले ….केशव आचार्यले के भने मलाई थाहा भएन म त्यहाँ नभएकाले आफै थप्नु होला……….. ……… बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, स्वर्गीय उत्तरकुमार वली पत्नी बिमला वलीले उम्मेदवारी दर्ता गराएलगत्तै प्रदेश सभा सदस्यमा आफुले नै जित्ने दावी गरिन् । उनले त्यस क्षेत्रको सुखदुखसँग नजिक रहेको बताउँदै सिंगो पार्टी र त्यहाँका नागरिकक साथ आफुलाई रहेकाले आफुले जित्ने बताइन् । यस्तै, उनले आफ्ना श्रीमान स्वर्गीय उत्तरकुमार वलीले छाडेर गएका अधुरा काम पूरा गर्न प्रतिवद्ध भएको बताउँदै पश्चिम दाङको विकासका लागि आफ्नो विकल्प अरु नभएको स्पष्ट पारिन् ।

उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएसँगै अहिले उम्मेदवार र राजनीतिक दल चुनावी प्रचार प्रसारमा जुटेका छन् । उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ का विषयमा सचेत हुँदै प्रचार प्रसारमा सहभागी बन्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *