देउखुरीमा पुख्र्यौली साँस्कृतिक प्रतियोगितात्मक कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, १७ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा वडा स्तरीय समुदायमा आधारित पुख्र्यौली साँस्कृतिक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको ८ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगितामा पिपरीको झुमरा नाच प्रथम, पिपरीकै घातु नाच दोस्रो, पिपरीकै पञ्चेबाजा नाच तेस्रो र पिपरीकै कौडा तथा सोरठी नाचले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमश १० हजार,८ हजार, ५ हजार र १५–१५ सय रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, नेकपाका अर्जुन अधिकारी, नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा सदस्य विष्णु गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *