लक्ष्मीपुजामा बालिएको बत्तिबाट आगलागी

Blog Post Ad Blog Post Ad Blog Post Ad

  ११ कार्तिक | लक्ष्मीपुजाका लागि बालिएको बत्तिबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानकुमाल गाउँको एक घरमा आगलागी भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आईतबार साँझ ७ बजेर ४५ मिनेटमा लक्ष्मीपुजाका लागि बालिएको बत्तिबाट नेचासल्यान गाउँपालिका २ का वडा सदस्य रुपा नेवारको घरको कोठाबाट आगो सल्किदा पुजाको लागि राखिएको डेढ लाख नगद रूपैयाँ, ५ तोला सुन, १० तोलाचाँदी, केही मानासिक्का, खाद्यान्न सहित अनुमानित ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आगलागीबाट ढुंगामाटोले बनेको तिनतले घरको दोस्रो तलाको एक कोठा पुर्ण रुपले जलेको छ। घटनालगत्तै अस्थायी प्रहरी चौकी सल्यानबाट खटिएका प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *