ओमप्रकाश गुप्ता
भालुवाङ ११ कार्तिक । दाङ देउखुरीको भालुवाङ फुटवल टिमले आशाका किरणहरू नामक संस्थालाई नगद सहयोग प्रदान गरेको छ । स्वास्थ्य,शिक्षा र सामाजिक क्षेत्रमा उदाहरणीय कामहरू गरिरहेकाले सो संस्थालाई काम गर्न अझ जोस जागर आओस भन्नका लागि केहि दिन अगाडि भालुवाङमा भएको वडा स्तरीय फुटवल खेलमा विजय भई पुरस्कृत भएको रकमबाट ४ हजार रूपैयाँ संस्थाका अध्यक्ष सुर्यकिरण केसीलाई हस्तान्तरण गरिएको हो ।
संस्थाले हाल विद्यालयहरूमा शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण ,स्वास्थ्य प्रशिक्षण ,रक्तदान,सरसफाई लगायतका थुप्रै कार्यक्रमहरू गरिसकेको छ । संस्थाले तिहार पछाडि मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई एकै थलोमा राखि सामुहिक भोजन गराउने कार्यक्रम समेत तय गरेको छ ।