तिहार लक्षित सुरक्षा योजनामा एकहजार सुरक्षाकर्मी परिचालन

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर ११ कात्तिक |नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई सुरक्षित बनाउन प्रहरीले विषेश सुरक्षा योजना ल्याएको छ । तिहारलाई सुरक्षित बनाउन जिल्लामा करिब १ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । चार्डपर्वको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि र सवारी दुर्घटनालाई न्युनीकरण गर्न लागी जिल्ला प्रहरी कार्यालय दाङले उच्च सर्तकता अपनाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तिहारलाई सभ्य र सुरक्षित बनाउन तिहार विषेश सुरक्षा योजना रहेको जिल्ला प्रहरी प्रमुख एसपी जनकप्रसाद भट्टराईले जानकारी दिनुभयो । चाडपर्वको समयमा हुन सक्ने अबान्छित गतिविधिलाई रोक्नका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । त्यस्तै विभिन्न ठाँउमा मोबाईल गस्ती पनि परिचालन गरिएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *