शिक्षक बन्न अब विषयगत परीक्षा

स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णाँकको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो ।
एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावली संशोधनमा उल्लेख रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *