चाडपर्वका बेला महिनावारी भयो भने…

चाडपर्वको उमंगमा महिनावारीसँग सम्बन्धित समस्याहरुले बाधा पुर्‍यायो भने यी जानकारीहरुले तपाईंका लागि उपयोगी हुन सक्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दसैं–तिहार जस्ता ठूला चाडपवको रमाइलो वातावरणमा हरेक व्यक्ति मस्तीको मूडमा हुन्छ । यद्यपि, महिलाहरुको चाडपर्वको रमाइलो त्यो बेला नरमाइलो बन्न पुग्छ, जब उनीहरु चाडपर्वकै मौसममा पर सर्छन् ।

त्योबेला हुने थकावट, कम्मर तथा पेटको दुखाई, अत्यधिक ब्लिडिङ तथा टाउको दुखाइ जस्ता समस्याले महिलाको सम्पूर्ण उत्साहलाई नै कम गरिदिन्छ । घरका बाँकी सदस्यहरुले रमाइलो गरिरहेको देखेर उनको अनुहारमा उदासी छाउँछ । त्यस्तो बेला के गर्ने त ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

रहौं टेन्सन फ्री

वास्तवमा महिनावारी हुनु भनेको कुनै बिमारी होइन । यो त प्राकृतिक प्रकृया हो । त्यसैले यस्तो बेलामा दबिएर होइन, खुलेर जिउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने परिस्थिति जस्तो भए पनि तपाईं खुशी रहनुपर्छ । किनभने जब तपाईं भित्रैबाट खुशी रहनुहुन्छ, तपाईंको अनुहारमा आउने चमकको कुरा नै बेग्लै हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हट वाटरको सेकाइ

महिनावारीको क्रममा पेटको दुखाइ बढ्यो भने तपाईंले तातोपानीले पेट सेक्न पनि सक्नु हुनेछ । पेटको तल्लो भागमा तातो पानीले सेक्दा पाठेघरका मांसपेशीहरुलाई आराम पुग्छ र दुखाईमा राहत मिल्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर–सफाइमा विशेष ध्यान

महिनावारीको क्रममा सर–सफाइमा विशेष ध्यान दिनुपर्छ । व्यक्तिगत सर–सफाइमा ध्यान दिनाले तपाईं विभिन्न प्रकारका बिमारीहरु जस्तो यूटीआई तथा इन्फेक्सनबाट बच्न सक्नुहुनेछ । यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका त्यो प्याड अथवा सेनीटरी प्याडको हुन्छ, जसलाई तपाईंले महिनावारीको क्रममा प्रयोग गर्नु हुन्छ । यसका अतिरिक्त महिनावारीको क्रममा एन्टिबायोटिक साबुन अथवा क्लिन्जरले आफ्ना भित्री अंगहरु सफा गर्नु पर्छ । हरेक दिन नुहाउनु पर्छ, ताकि तपाईं हरेक दिन आफूलाई ताजा महसुस गर्नुहोस् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज पनि त्यस्ता धेरै महिला छन्, जो महिनावारीको क्रममा सेनिटरी प्याडको ठाउँमा फोहोर कपडा, पत्रिका, रुखका पात अथवा कम गुणस्तरका प्याडहरु प्रयोग गर्छन्, जसका कारण उनीहरुले आफैंलाई असहज महसूस गर्छन् । कपडा फोहोर हुने डरले घरबाट बाहिर निस्कँदैनन् ।

चाडपर्वका बेलामा त उनीहरु झनै बढी असहज महसुस गर्छन् । त्यसैले त्यस्तो बेला केवल गुणस्तरीय प्याडहरु नै प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो बेलामा ड्रि–हाइड्ेरसनको समस्या पनि हुनसक्छ, त्यसैले धेरै भन्दा धेरै पानी पिउनुपर्छ । र, टाइट पहिरनको साटो खुकुला पहिरन लगाउनुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *