राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङको सभापतीमा वलि

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर,२५ असोज | राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले बिजयादशमी,शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान एवं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान एवं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिष्ठानका सभापती बिनोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले संस्थालाई जोगाउन हरेक व्यक्ती क्रियाशिल हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–जुन सुकै सस्था बचाउन व्यक्ती सक्रिय हुन आवश्यक छ,अब तपाईहरु एतिहासिक रुपले अघि बढ्नुहोस ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सविंधान सभाका सदस्य बुद्धिराम भण्डारी,सदस्य अनारकली मियाँ,अधिबक्ता मोहन धिताल,तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र शाह,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलबस्तुका सभापती बिष्णु प्रसाद खतिवडा,जनजाती महासघं तुलसीपुरका अध्यक्ष नरेस भण्डारी,तुलसीपुर नगर जेसिसका कार्यबहाक अध्यक्ष केशवराज केसी,उच्च अदालत तुलसीपुरका रविन्द्र कुमार धिताल,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङको सभापतिमा शालिकराम वलिलाई चयन गरिएको छ । शुक्रवार सम्पन्न ७ औँ साधारण सभा एवं अबिधेशनले शालिकराम वलिको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपसभापतिमा धुब्र गौतम,सन्तोषकुमार गुप्ता र गिता आचार्यलाई चयन गरिएको छ ।

त्यस्तै सचिवमा टेकनप्रसाद कडेँल, कोषाध्यक्षमा निरज श्रेष्ठ र सह–सचिवमा गोरख वलिलाई चयन गरिएको हो । अधिबेशनबाट साबित्रा चौधरी, सरस्वती सुवेदी,लोकबहादुर स्वर्णकार, लोकेन्द्र बिसी, तुलसीराम राणा र यसोदा पाण्डेलाई सदस्यमा चयन गरिएको हो । सो अवसरमा नवनिर्वाचित कार्यसमितलाई पद हस्तान्तरण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा विभिन्न व्यक्तीलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिव टेकनप्रसाद कडेँलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *