प्रदेश ५ का घुम्नलायक ७ स्थल

शरद ऋतुलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । यो समयमा न जाडो न त गर्मी हुन्छ । पहिले–पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने गर्छन् । प्रदेश ५ का सुन्दर र रमणीय पर्यटकीय गन्तव्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौँः

Blog Post Ad Blog Post Ad Blog Post Ad
गौतमबुद्धको जन्मस्थल लुम्बिनी

हुन त प्रदेश ५ मा पर्यटकीय क्षेत्रहरु थुपै छन् । तर धेरैको आर्कषण अहिलेसम्म लुम्बिनी परेको छ । भगवान गौतम बुद्धको जन्मस्थल भएका कारण यो क्षेत्र धार्मिक पर्यटनको केन्द्र हो । विश्वभरका बौद्ध धर्मावलम्बीहरु एक पटक जसरी पनि लुम्बिनी पुग्नुपर्छ भन्ने मान्यताका साथ नेपाल घुम्न आउने गर्दछन् । आन्तरिक तथा वाह्य पर्यटकको लागि यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय स्थलका रुमा लिन सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यहाँ गौतम बुद्धबारे सबैकुरा थाहा हुन्छ । यस क्षेत्रमा जानको लागि सडकमार्ग वा हवाइमार्ग भएर पनि जान सकिन्छ । प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका छ । रुपन्देहीको भैरहवाबाट २२ किलोमिटर दूरीमा लुम्बिनी छ । त्यहाँ जानका लागि निजी र सार्वजनिक सवारी साधन पाउन सकिन्छ । बस्नको लागि कुनै समस्या छैन ठूला ठूला होटलहरु तपाईँको सेवा गर्न तयार छन् ।

पाल्पा रानीमहल ऐतिहासिक प्रेमको प्रतिक
प्रदेश ५ मा रहेको अर्को पर्यटकीय गन्तव्यका रुपमा पाल्पाको रानीमहललाई लिइन्छ ।  यसको आफ्नौ ऐहिसाहिक विशेषता रहेको छ । रानीमहल वि.स. १९५० मा शिलान्यास भइ चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाल्पाको तानसेनबाट १३ किलोमिटर दूरीमा बौद्धगुम्बा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा चिनिन्छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ ढुङ्गाबाट निर्मित दुईवटा पोखरी, दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ ।

महलभित्र पानीपोखरी मन्दिर, बगैचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट, चौडाई ११२ फिट उचाइ भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले मन आनन्दित बनाउँछ । पल्छिला वर्षहरुमा त्यहाँका सम्पदाहरुको सुरक्षा व्यवस्था प्रहरीले गर्दै आएको छ । सडकसमेत निर्माण भएपछि रानीमहल जानको लागि सहज बनाएको छ । यस्तै नजिकै बस्ने व्यवस्थाको केही होटल रहेका छन् । अझ रानीमहल दिनभर घुम्ने र साँझपख पाल्पाको श्रीनर हेर्दै तानसेन बास बस्न पनि सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्युठानको स्वर्गद्धारी


प्रदेश पाँचका १२ जिल्लामध्ये ६ वटा पहाडी जिल्ला छन् । यो प्रदेशमा लुम्बिनी तराइका जिल्लामा परेपनि अन्य केही महत्त्वपूर्ण पर्यटकीय स्थल पहाडी जिल्ला पनि छन् । यस्तै मध्येको एक हो, प्यूठानको स्वर्गद्धारी ।
प्यूठानको स्वर्गद्धारी हुन त नेपालकै पवित्र धाममध्यको एक हो । स्वर्गद्धारी नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पूरा हुँदैन भन्ने जनविश्वास छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो महाभारत श्रृङ्खलाको करिव २१ सय २२ मिटर अर्थात ६ हजार ९ सय ६० फिट उचाइमा पर्छ ।  परापूर्वकालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्वर्ग गएकाले यस स्थानको नाम स्र्वगद्धारी हुन गएको भन्ने कथन छ ।

यो ठाउँमा पुग्नको लागि दाङको घोराहीबाट यातायातको साधन पाइन्छ । स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । खासगरी धार्मिक पर्यटकहरु यहाँ धेरै आउने गर्छन् । धर्मसँगै पहाडको रमाइलो दृश्यावलोकन पनि तपाईँले यहाँ पुगेपछि गर्न सक्नुहुन्छ ।

बाँके राष्ट्रिय निकुञ्ज 


विश्वभर ६० प्रतिशत पर्यटक प्रकृतिप्रेमी छन्् । यदि तपाईँ प्रकृतिप्रेमी हो भने बाघको बासस्थान रहेको वाँके राष्ट्रिय निकुञ्ज आउन सक्नुहुन्छ ।

पूर्वमा शिवखोला, पश्चिम कोहलपुर–सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ र हात्ती हेर्न पाइन्छ । बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरू, विभिन्न प्रकारका चरा माछा, तथा सरीसृप लगायतका उभयचरहरू रहेका छन् ।

यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत रहेको छ । यहाँ पाटेबाघ हेर्नका लागि विशेष रुपमा पर्यटकहरु आउने गर्छन् ।

प्रकृति नै रमाइलो पाल्पा श्रीनगर
प्रदेशको शोभा, सौन्दर्य वा मुकुटका रूपमा पाल्पाको श्रीनगरलाई लिइन्छ । तानसेन नगरपालिकामा पर्ने बतासेडाँडा वृक्षहीन सुख्खा थियो । तर पछि विभिन्न बिरूवाहरू रोपेर रमणीय उद्यानमा परिणत गरियो र बतासेडाँडा श्रीनगर बन्यो ।

यहाँ मन्दिर, बुद्धको मूर्ति र बगैँचाहरूसमेत छन् । झण्डै १५०० रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त, सुरम्य जङ्गल, समय अनुकूल स्वस्थ्यकर हावापानीका लागि उपयुक्त ठाउँ कहलिएको छ ।  श्रीनगर बाघ, चितुवा, खरायो, दुम्सी आदि जनावरहरू र कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरूको बसोबास बनेको छ ।

वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

यसका अतिरिक्त सूर्योदय, माडी उपत्यका र सफा मौसममा भारतको उत्तरी भाग गोरखपुरसम्मको रेलहरूको समेत रोमाञ्चक अवलोकन गर्न सकिन्छ ।

यहाँ आधुनिक गल्फ खेलमैदान बनाइएकाले स्वदेशी तथा विदेशी गल्फ खेलाडीहरूका लागि यो थप आकर्षक ठाँउ बनेको छ । बुटवलवाट झन्डै ४० किलोमिटरको दूरीमा रहेको श्रीनगर पुग्न सकिन्छ

बाँके बागेश्वरी मन्दिर


प्रदेश अर्को धार्मिक स्थल हो बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर  । नेपालगञ्ज आफैमा पुरानो ऐतिहासिक सहर र हिन्दुधर्ममा यो मन्दिरको आफ्नै महत्व छ ।

यहाँ सतिदेवीको जिब्रो पतन भएको विश्वास रहेको छ । यो स्थानमा सर्वप्रथम किन्नरहरू आइ आराधना गरेको कथन छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिरमा पूजा गर्न छिमेकी मुलुक भारतबाट मानिसहरु आउने गर्दछन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज 


प्रदेश नम्बर पाँचको सबैभन्दा ठूलो निकुञ्ज हो, बर्दिया राष्ट्रिय निकुञ्ज । पर्यटन तथा जंगल सफारीका लागि यो निकुञ्ज एक विशेष गन्तव्य हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ, गैँडा, हात्ती, संरक्षित कृष्णसार र गोहीका लागि परिचित छ ।

राष्ट्रिय निकुञ्ज सँगसँगै कर्णालीको गेरुवाघाटमा बनेको नेपालकै लामो पुल (१०१५ मिटर), बबई उपत्यका, कर्णाली नदी, खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्र, थारु समुदायको परम्परा तथा होमस्टे पनि बर्दियालाई परिचित गराउने ठाउँ हुन् ।

कर्णाली र बबई नदीको केही भाग यस निकुञ्चमा पर्छ । निकुञ्जमा चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ ।

जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाइ सरी आउने चराहरू रहेका छन् । पर्यटनको प्रचूर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *