हाम्रो पहुँच सहकारीको १२ औँ वर्षिक साधारण सभा

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २५ असोज | हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आज १२ औँ वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएकोे वार्षिक साधारण सभामा आगामी नयाँ कार्ययोजना र हालसम्म गरेका कामको समिक्षा गरिएको छ । साधारण सभामा संस्थाका सचिव ऋषिराम पौडेलले प्रगति प्रतिवेदन तथा बार्षिक कार्यक्रम, आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थालाई थप परिस्किृत बनाउन शेयर सदस्यको संख्या वृद्धि गर्ने लक्ष्य राखिएको छ । साधारण सभामा लेखा समितिको प्रतिवेदन, पञ्चबर्षिय रणनैतिक योजना , विभिन्न निति तथा कार्यविधि निमार्ण र संशोधन लगाएतका प्रस्तावहरु पेश गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाले बचत तथा ऋण , सहकारी पेट्रोल पम्प, रेडियो , विद्यालय र डेरि उद्योग गरि पाँच ओटा परियोजना संचालन गर्दै आएको सचिव पौडेलले बताउनुभयो । साधारण सभा उद्घाटन गर्दै संस्थाका वरिष्ठ सल्लाहकार भरत भण्डारीले एक्लै भन्दा पनि सबैको प्रयासले संस्थालाई सफलतामा पु¥याउन सकिने बताउनुभयो । उहाँले पिछडिएका वर्गलाई समेटी संस्थालाई जनमुखि बनाउन लागि रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका उपाध्यक्ष देवराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभा उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी एवं संस्थाका शेयर सदस्य खुमानन्द खनालले स्वर्गिय पत्नी निमकला खनालको संझनामा विद्यालयमा ३० हजार बराबरको अक्षयकोषको स्थापना गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा अध्ययनरत्त जेहेन्दार अभिभावक बिहिन बालबालिकालाई पुरस्कार दिनका लागि उहाँले अक्षयक कोषको स्थापना गर्नुभएको हो । करिब १ हजार २ सय शेयर सदस्य रहेको संस्थाले विभिन्न परियोजनामा गरि ३० करोड बढीको कारोबार गर्दै आएको छ । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक जनक भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *