वडासचिवले गरे सरकारी मोटरसाइकलको दुरुपयोग

दाङ, असोज २५ । विगत ५ बर्षदेखि तुलसीपुरका वडासचिवले सरकारी मोटरसाइकलको दुरुपयोग गर्दै आएको खुलेको छ । तुलसीपुर उपमहागनरपालिका–१७ का वडासचिव गेहराज पौडेलले सरकारी मोटरसाइकलमा रातो प्लेट राखेर चलाउँदै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad
सचिव पौडेलका अनुसार तत्कालिन जिल्ला विकास समिति दाङको निर्णय अनुसार ३९ वटा  गाउँविकास समितिमध्ये ३८ वटा गाविसले २०७२ सालमा मोटरसाइकल खरिद गरेका थिए ।

गेहराज पौडेल, त्यतिबेला मानपुर गाविसका सचिव थिए । उनले सुरुदेखि नै सरकारी मोटरसाइकलमा  रा१प ४८८७ को नम्बरको रातो प्लेट राखेर चलाउँदै आएका छन् ।

स्थानीयका अनुसार सरकारी कामकाज भन्दा पनि व्यक्तिगत प्रयोजनका लागि मोटरसाइकल बढी दुरुपयोग हुने गरेको छ । ‘ठूलाले जे गरेपनि हुने रहेछ,’ एक स्थानीयले भने– ‘सरकारी सम्पति व्यक्तिको जस्तोगरी मनलाग्दी प्रयोग गर्दा कसैको आँखा परेन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

के भन्छन् सचिव पौडेल ?

गाउँघरमा हिँड्न सजिलो हुने भएकाले सेतो प्लेट नराखेको सचिव पौडेलले बताए । ‘२०७२ सालमा एक लाख दुई हजारमा किनेको जस्तो लाग्छ,’ सचिव पौडेलले भने– ‘भएको सुविधा प्रयोग गर्न मन लाग्छ । गाउँघर तिर हिँड्न सजिलो होस भनेर सेतो प्लेट हालिएन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०६० सालदेखि तत्कालिन मानपुर गाविसको सचिव हुँदै अहिले पनि वडाको सचिव भएर बसेकाले मोटरसाइकल प्रयोग गरिरहेको  पौडेलले बताए ।

नैतिकता नभए जे गरेपनि हुन्छ : सिडियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नैतिकता नभए जे गरे पनि सुहाउने बताए । ‘यसको ठूलै कारबाही त केहि हुँदैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘नैतिकता नै नभए कसको के लाग्छ र ? । सरकारी कर्मचारीलाई यति सानो कुरा त सिकाउनु नपर्ने हो । तै पनि अब रातोलाई सेतो बनाउन लगाउँछु ।’

रातो प्लेटमा चलाउनु भनेकै सरासर दुरुपयोग भएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई फोन गरेर पौडेलले चढ्दै आएको रातो प्लेटको मोटरसाइकललाई सेतो बनाउन निर्देशन दिन आग्रह गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किन बुझाएनन सचिवले उपमहागनरमा मोटरसाइकल

विगत पाँच बर्षदेखि सरकारी मोटरसाइकलको चरम दुरुपयोग गर्दै आएका वडा सचिव गेहराज पौडेलले मोटरसाइकल फिर्ता नगरेको तुलसीपुर उपमहागनरपालिकाले जानकारी दिएको छ  ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तत्कालिन गाविस र तुलसीपुर नगरपालिका समायोजनपछि तुलसीपुर उपमहानरपालिका अन्र्तगत रहेका वडा सचिवले चलाउँदै आएको मोटरसाइकल जिन्सी शाखामा बुझाउन उपमहागनरपालिकाले वडा सचिवलाई जानकारी गराएको थियो ।

‘अन्य वडाबाट मोटरसाइकल फिर्ता आइसके,’ उपमहागनरपालिका जिन्सी शाखा प्रमुख टोपबहादुर डाँगीले भने – ‘१७ नं. का वडा सचिवलाई २÷३ पटक मौखिक भन्यौ तर बुझाउनुभएको छैन् ।  गाडी किनेपछि दिन्छु भन्नुभएको छ ।’

अहिलेसम्म सचिवले प्रयोग गर्दे आएका १९ वटा मोटरसाईकल उपमहानगरपालिकामा फिर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *