सीको सुरक्षा गर्न चीनबाटै पीएलए, १५ हजार सुरक्षाकर्मी

चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणमा सरकारले अति विशिष्ट भन्दा माथिको सुरक्षा व्यवस्था गरेको छ। नेपालले भीभीआइपीलाई दिंदै आएको सुरक्षामा सीका लागि अहिलेसम्मकै उच्च र विशिष्ट सुरक्षा व्यवस्था अबलम्बन गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सीको सुरक्षामा १५–१६ हजार नेपाली सुरक्षाकर्मी परिचालन भएका छन्। तिब्बती शरणार्थीबाहेक मधेसी समुदाय र मानवअधिकार संघसंस्थाले समेत सीको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने संकेत पाएपछि सरकारले झन् उच्च सुरक्षा व्यवस्था गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अघि भएको राजकीय भ्रमणमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘मोदीभन्दा सीमाथि सुरक्षा चुनौति बढी भएको निश्कर्ष सहित सरकारले सुरक्षाका सबै उपाय अबलम्बन गरेको छ’, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘एकीकृत रुपमा १५ हजारभन्दा बढी सुरुक्षाकर्मी परिचालन गरिएको छ।’

नेपाल प्रहरीका उच्च अधिकारीका अनुसार सीको सुरक्षाका लागि उपत्यका बाहिरबाट थप जनशक्ति ल्याइएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चीनका राष्ट्रपति सी शनिबार अपरान्ह भारतको चेन्नईबाट विशेष चार्टर्ड विमानमा काठमाडौं उत्रने र एक रात बसेर आइतबार मध्यान्ह बेइजिङ उड्ने कार्यतालिका रहेको छ।

सीलाई नेपालले अति विशिष्ट भन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ। जेड–प्लस सुरक्षा व्यवस्था भनेको नेपालले अपनाउने सबैभन्दा उच्चस्तरको सुरक्षा व्यवस्था हो। यो सुरक्षा व्यवस्थालाई अझै बलियो र व्यवस्थित बनाउन लागिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिलो घेरामा चिनियाँ सेना
नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोलीले सी भ्रमणको सुरक्षा खाका बनाएर सुरक्षामा खटिइसकेको छ।

नेपाली सेनाका जनसम्पर्क निर्देशनलयका एक अधिकारीले सुरक्षा कार्यविधि २०७० लाई व्याख्या गर्दै दिएको जानकारी अनुसार सी नजिकको पहिलो सुरक्षा घेरामा अति विशिष्ट तालिम प्राप्त चिनियाँ जनमुक्ति सेना रहनेछन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यलगत्तैको सुरक्षा नेपाली सेनाको विशेष सुरक्षा दस्ताले दिनेछ। सेनाले राष्ट्रपति सी विमानस्थलदेखि होटल सोल्टीसम्म जाने रुटमा हवाइ गस्ती समेत गर्नेछ। उपत्यका छिर्ने नाका, विमानस्थल, तिब्बती शरणार्थी रहेको क्षेत्रमा सेनाले एक हप्ताअघि देखि नै गस्ती गर्न थालेको छ।

सेनालगत्तैको सुरक्षाको तेस्रो घेरामा युनिफर्मसहित नेपाल प्रहरी खटिनेछ। यसअतिरिक्त नेपाल प्रहरीले तिब्बती शरणार्थी रहेका क्षेत्रहरु बौद्ध, जावलाखेल, स्वयम्भु, होटल, लज, अपार्टमेन्ट, विमानस्थलको अध्यागमनजस्ता ठाउँमा विशेष निगरानी गर्दै सुरक्षामा ध्यान दिएको छ। खानतलासी गर्ने, विरोधमा उत्रिनेहरुलाई पक्राउ तथा अनुसन्धान गर्ने काम पनि प्रहरीले गर्दै आएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चौथो घेरामा पुल पुलेसा, कलभर्ट, पुल, ओभरहेड ब्रीज, अग्ला घर र उच्च ठाउँलगायतको सुरक्षामा सशस्त्र प्रहरी परिचालन हुने छ। सवारी व्यवस्थापनको कार्य भने ट्राफिक प्रहरीको हुनेछ।

पाँचौं घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसहित सादा पोशाकका विशेष तालिम प्राप्त सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ खुफिया एजेन्सीका संयुक्त सुरक्षा दस्ता २० मिटरको फरकमा परिचालन हुनेछन्।

सी चढ्ने कारगेड, बस्ने होटल र सवारी हुने स्थानहरुमा तालिम प्राप्त कुकुरहरुबाट सर्च हुनेछ। सुरक्षाका लागि ठाउँ–ठाउँमा जगेडामा सुरक्षा फोर्स तैनाथ गरिएको छ।

सीको स्कर्टिङमा मोबाइल निस्क्रिय पार्ने, सूचना आदानप्रदानमा अवरोध गर्ने, विष्फोटक पदार्थ निस्क्रिय पार्ने तथा गाडीको नम्बर पहिचान गर्ने उपकरण तथा विशेषज्ञ युनिटहरू प्रयोग हुनेछन्।

सोल्टी होटलको सुरक्षा घेरा
सी रहने सोल्टी होटलको कोठामा चिनियाँ सुरक्षाकर्मी, त्यसलगत्तै नेपाली सेनाको विशेष सुरक्षा दस्ता र नेपाल प्रहरीका सुरक्षा सेवा निर्देशनालयका अधिकारीहरु खटिने छन्।

होटलको कम्पाउण्डबाहिर भने संयुक्त रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती तथा सुरक्षा दिनेछन्। भ्रमणका क्रममा कानुन विपरीत गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरि कारबाही समेत गर्नेछ।

सीको सुरक्षा भित्रिघेरामा चिनियाँ सुरक्षाकर्मीले ल्याएका उपकरण र बाहिरी घेरामा भने नेपाल प्रहरीले आफ्नै उपकरणमार्फत सुरक्षा निगरानी बढाउने सैनिक स्रोतले जनाएको छ।

हेलमेट, झोला, मास्क वा अन्य कुनै प्रकारले अनुहार छोपेर अतिथि भएको ठाउँमा प्रवेश गर्न दिइने छैन। पानीको बोतलसम्म भित्र लैजान निषेध गरिएको छ।

सीको नेपाल भ्रमणमा सरकारले आइतबार एक दिन सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ।

विमानस्थलमा थप सय वटा सीसी क्यामेरा जडान
राष्ट्रपति सी काठमाडौं ओर्लनुभन्दा एक घण्टाअघि देखि नै विमानस्थल बन्द गरिने छ। विमानस्थलमा अनुगमनका लागि थप एक सय नयाँ सीसी क्यामरा जडान गरिएका छन्। सी सवार रहेको जहाज अवतरण नहुँदासम्म नेपाली सेना काठमाडौं वरपरका डाँडामा सुरक्षामा खटिने छन्।

सी नेपालमा रहँदासम्म चिनियाँ विमानको सुरक्षा नेपाली सेनाले गर्नेछ। र, सबै सुरक्षा निकायलाई हाइ–अलर्टमा राखिएको छ।

सीमा नाका बन्द
सीको नेपाल भ्रमण हुनुभन्दा १५ दिनअघि देखि नै काठमाडौं उपत्यका प्रवेश गर्ने सम्पूर्ण नाकाहरुमा सवारी साधनको चेकचाँज, लगत राख्ने तथा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउने काम नेपाल प्रहरीले थालेको थियो। भारतबाट आएका तिब्बती शरणार्थीहरुले सी भ्रमणमा प्रर्दशन गर्न सक्ने आँकलन गर्दै एक महिनादेखि नै नेपाल प्रवेश गर्ने पूर्व, पश्चिम, उत्तर र दक्षिणका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा निगरानी राखिएको छ।

एक हप्ताअघि देखि नै काठमाडौं उपत्यकामा रहेका होटेल, गेष्टहाउस, अपार्टमेन्टलगायतमा बस्ने व्यक्तिहरुको पहिचान खुल्ने विवरण संकलन गरी सुरक्षा विश्लेषण गर्ने काम पनि भइरहेको नेपाल प्रहरीले जनाएको छ। तिब्बती शरणार्थी रहने स्थानहरु बौद्ध, जावलाखेल, स्वयम्भु, फर्फिङलगायतमा एक महिना अघिदेखि नै विशेष निगरानी राख्न थालिएको थियो।

हङकङका विपक्षी आन्दोलनकारी, ताइवानका चिनियाँ नागरिक तथा सिन्जियाङका उइगुर (मुस्लिम) बाहेक नेपालका मधेसी समुदायबाट पनि सी भ्रमणको समयमा विरोध हुन सक्ने ठानेर विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरी भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *