दाङमा पनि प्रहरी दिवस (फोटो फिचर)

दाङ, असोज २४ । जिल्ला प्रहरी कार्यालय दाङले पनि प्रहरी दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रम गरेर ६४ औँ प्रहरी दिवस मनाएको हो । वि सं. २०१२ सालमा विधिवत रुपमा नेपाल प्रहरीको स्थापना भएको थियो । सोही दिनको सम्झनामा प्रहरी प्रधान कार्यालय र त्यस मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयले कार्यक्रम आयोजना गरेर दिवस मनाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिवसको अबसरमा उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत तथा सम्मानित समेत भए । नेपालको विभिन्न शासन व्यवस्थामा उत्पन्न भएका विषम परिस्थिति, तथा बिभिन्न संवेदनसिल तथा प्रतिकुल परिस्थितिहरुमा आम जनसमुदायको सेवा र राष्ट्र हितको खातिर राज्यले सुम्पिएको जिम्मेवारी कत्तिपनि विचलित नभई पुरा गर्दै आईरहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको विशेष कार्यक्रम तथा सम्पुर्ण जिल्ला प्रहरी कार्यालय समेतले यस नेपाल प्रहरी संगठनको विधिवत स्थापना भएको आज ६४ वर्ष पुरा गरी ६५ औं बर्ष प्रवेश गरेको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले पनि कार्यक्रम गरेको हो । प्रहरी प्रमुख जनक भट्टराईको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बिभिन्न सुरक्षा निकायका प्रमुख, भु.पु.प्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सन्तती र कार्यालय तथा मातहत कार्यालयका सम्पुर्ण प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *