दाङ, १५ असोज | सरकारले स्वदेशमै काम गर्ने युवालाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरे पनि कर्जा पाउन कठिन हुने गरेको युवाहरूले गुनासो गरेका छन् । सरकारले कर्जा उपलब्ध गराउने कानुनी व्यवस्था गरे पनि बैँक तथा वित्तिय संस्थाले भने ऋण उपलब्ध नगराएको गुनासो युवाहरूको छ । राष्ट्रिय युवा परिषद्ले भने प्रक्रिया नपु¥याई ऋणको माग गरेकाले यस्तो समस्या आएको जनाएको छ ।
ऋण अनुदान माग गर्दा वैँकलाई ऋण फिर्ता गर्न सक्ने आधार पेश गर्ने, राम्रो योजना बनाएर गए युवाले ऋण पाउन सजिलो हुने परिषद्का उपसचिव देविप्रसाद अधिकारीले बताउनुभयो । यसअघि नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थाहरूलाई सबै शाखाबाट सहुलियतपूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको थियो ।
सहुलियतपूर्ण कर्जा अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील कर्जा रहेका छन् । दलित समुदाय व्यवसाय विकास परियोजना, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, कृषि तथा पशुपंछी कर्जा लिन पाउने व्यवस्था छ ।