तुलसीपुर उपमहानगरलाई प्राविधिक कक्षाको अनुमति

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । शिक्षामन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा वसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् वैठकले यस्तो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिकालाई वहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न वैठकले अनुमति दिएको हो । वैठकले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरि वन विज्ञानमा डिप्लोमा तह लगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि वढाउन अनुमति दिने निर्णय गरेको पनि गौतमले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज स्थापनालाई जोड दिएको थियो । उपमहानगरपालिकाले कलेज सञ्चालनका लागि वडा नम्वर १२ को हरिपौरीमा जग्गा समेत भाडामा लिइसकेको छ । यसैविच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरप्रमुख पाण्डेले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नेका लागि आफु निरन्तर लागिरहने समेत वताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *