दिप्तीशिखा चौधरी
दंगीशरण ३०, भदौँ | दंगीशरण गाउँपालिका वडा न. ३ चखौरालाई ईको भिलेजका रुपमा अगाडि बढाउँन स्थानीय सरकार लाग्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । अटो भिलेज निर्माणमा स्थानीयले मात्र जिम्मेवार बन्न नसक्ने भन्दै स्थानीय सरकारले पनि सहयोग गर्नु गर्ने उनीहरुकोृ धारणा थियो । चखौरा ईको भिलेजका लागि योग्य गाउँ रहेको उनीहरुको ठहर थियो ।
अर्गानीक तरकारी उत्पादन गर्न गाह्रो भयो औषधि छर्दा विसादी हुन्छ बेच्नेलाई पनि अप्ठडेको खानेलाई पनि अप्ठेरो जयपती चौधरीले चिन्ता ब्यक्त गरिन् । नमुना गाउँ बनाउँनका लागि सर्वप्रथम महिला हिंसा रोक्नुपर्छ सिता चौधरीले भनीन् । पछिल्लो समय बाहिर जाडँ रक्सी खाएर आएर घरमा श्रीमतीलाई कुट्ने गर्छन् उनले दुखेसो पोखिन् । नमुना गाउँ स्थापनाका लागि आर्थीक, सामाजीक र स्वास्थ्य अवस्थामा सुधार आउँनुपर्ने उनीहरुले धारणा राखे ।
दंगीशरण गाउापालिकामा आज सोमबार सम्पन्न दिगो विकाश लक्ष्य कार्यान्वयन तथा नमुना गाउँ दिगोपनामा सरोकारवालाहरुको भूमिका विषयक अन्र्त्क्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सो अवसरमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक शुन्दरलाल चौधरीले गाउँलाई सभ्य बनाउँन जुवातासलाई रोक्नुपर्ने बताए । मदिरा र जुवातासलाई नियन्त्रणमा दिन सके नमुना गाउँ बनाउँनमा सहयोग पुग्ने बताए । स्वास्थ्य चौकी हेकुलीका प्रमूख टेक बहादुर खत्रीले मानीसको स्वास्थ्य ठिक भएमा मात्र गाउँ स्वस्थ रहन सक्ने बताए ।
ओरेककी सचिव पद्मा चौधरीले नमुना गाउँ निर्माणका लागि ब्यक्तिको सोचमा परिवर्तन ल्याउनुपर्ने बताईन् । नमुना गाउँ निर्माणका लागि दिगो विकास लक्ष्यहरु पुरा गर्नु पर्ने भन्दै समुदायको अहम् भूकिा हुनुपर्ने उनको भनाई थियो । दंगीशरण गाउँपालिका वडा न. ३ का अध्यक्ष पुर्ण बहादुर चौधरीले ईको भिलेजका लागि हरेक कुरामा समुदाय सक्षम हुनुपर्ने बताए ।
यस्तै गाृापालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले नमुना गाउँ निर्माणका लागि विषयगत रुपमा गएर कार्यलाई अगाडि बढाउँनुपर्ने बताईन् । आफनो गाउँ आफैँ बनाउँ भन्ने अभियानका साथ अगाडि बढेमा नमूना गाउँ निर्माण गर्न सहज हुने उनको धारणा थियो । अव समुदाय मात्र होईन हरेक आफनो ठाउँबाट लाग्नुपर्ने बताईन् ।
उपाध्यक्ष खड्काले नमूना गाउँका लागि ईकोभिलेजका लागि १द्द वटा सुचांकहरु प्ूरा गर्न भूमिका निर्वाह गर्नुपर्ने बताईन् । कार्यक्रममा ओरकिकी जिल्ला संयोजक ईश्वरी थापाले इकोभिलेजको अवधारणा, नमुना गाउा बनाउँनका लागि गर्नुपर्ने गतिविधीहरु,कार्यक्रम गर्दा हुने चुनौतीहरु लगाएतका विषयमा जानकारी दिएकि थिईन् । उनले अहिले चखौरामा नमूना गाउँका लागि ५० प्रतिशत काम उपलब्धिमुलक भएको समेत बताईन् ।
ओरकिकी जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षता एंव गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतीथ्यतामा कार्यक्रम भएको हो । नमुना पुन स्थापना केन्द्र ओरेक र नमूना गाउँ ब्यवस्थापन समितीको सहकार्यमा भएको कार्यक्रमको शहजीकरण ओरेककी कल्पना चौधरीले गरेकि थिईन् ।