खाद्य अधिकार सजालले पोषणगृह स्थापनामा पहल गर्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २६ । खाद्य अधिकार संजाल दाङको नियमित बैठक बिहिबार घोराहीमा सम्पन्न भएको छ । संजालकी अध्यक्ष हुमा डिसीको अध्यक्षता एवम् फियान नेपालका केन्द्रीय महासचिव सत्य तोयनाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले बैठकमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बन्द गरेको पोषण पुनस्थापना केन्द्रको विषयमा ध्यानार्कषण जनाएको छ । प्रतिष्ठानले पुर्नस्थापना केन्द्र बन्द गरेको हुदाँ पुनः सचालनको लागि पहल गर्ने निर्णय गरेको छ ।


यस्तै घोराही सिमेन्टले स्थानियको स्वास्थ्यमा पारेको प्रभावलाई सम्बोधन गर्नको लागि कानुनी उपचारको लागि पनि पहल गर्ने, यस्तै अन्तराष्ट्रिय खाद्य अधिकार दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा मामव अधिकार एवम वातावरण सरक्षण मञ्चका भरत देवकोटा, रचना सुवेदी, विनोद केसी, सुरेश कुमार गौतम लगायतले संजालले खाद्य अधिकारको एजेण्डा लिएर काम गर्नु पर्ने बताएका थिए । यस्तै वजारमा देखिएका खाद्य समस्याको बिषयमा, जनताको आवाज बन्नु पर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *