नारायणपुर माविमा पढाई उत्सव

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २६ । पढाई उत्सव श्री सिद्ध रत्ननाथ नमूना माध्यमिक विद्यालय नारायणपुरमा पढाई उत्सव सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरस्थित सो विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालय तहमा पढाई उत्सव मनाएको हो । राष्ट्रिय पढाई कार्यक्रम अन्तर्गत वर्षमा एक पटक कक्षा १ देखि ३ सम्मका विद्यार्थीको शिक्षण सिकाई उपलब्धीको विकास गर्न र पठन संस्कृतिको विकास गर्न पढाई मेला गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालय व्यस्थापन समिति अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षता, घोराही उपमहानगरपालिकाका प्रवक्ता एवम् शिक्षा समिति संयोजक भरत अर्यालको प्रमुख आतिथ्य, राष्ट्रिय पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीको विशिष्ट आतिथ्यमा भएको उत्सवमा बोल्ने वक्ताहरुले बालबालिकाको सिकाईको जग नै कक्षा १ बाट शुरु हुने भएकाले सरकारले अघि सारेको कार्यक्रम प्रभावकारी बनाउन अभिभावक, विद्यार्थी एवम् शिक्षक बीचको सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यार्थीको शिक्षण सिकाईको बलियो आधार बनाउने कक्षा १, २, ३ कक्षा भएकाले यसका लागि विद्यालयमा शिक्षकले र घरमा अभिभावकले कम्तिमा आफुसँगै राखेर १० मिनेट बोलेर पढ्न लगाएमा सिकाईको उपलब्धी दीगो बन्ने र बालबालिकाको स्मरण क्षमताको विकास हुने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अवसरमा विव्यस सल्लाहकार माधव पाण्डे, मदन आचार्य, प्रधानाध्यापक उत्तम खनाल, विद्यालयका अंग्रेजी विभाग संयोजक सुशील न्यौपाने, प्रावि इन्चार्ज केशवराज लामिछाने, शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष दीपा खत्री, पशुपति विद्याश्रमका प्रिन्सिपल केशव थापा, ग्रेटबुद्ध माविका निर्मल न्यौपाने, राष्ट्रिय पढाई कार्यक्रम अधिकृत फालुराम चौधरीलगायतले बोलेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहायक प्रधानाध्यापक भुपबहादुर रावतको स्वागत मन्तव्यबाट शुरु भएको उत्सवमा विद्यार्थीहरुले विभिन्न रचनात्मक सामग्री प्रदर्शन गरेका थिए भने सांगितिक प्रस्तुति पनि देखाएका थिए । कार्यक्रमको सहजीकरण विद्यालकी शिक्षिकाद्वय सरीता देवकोटा र हिन्दु घिमिरेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *