नेपालमै पहिलो पटक टेलिकम टेक्निसियनको परिक्षामा सहभागी हिलसाइडका विद्यार्थी


दाङ, २२ भदौ । नेपालमै पहिलोपटक दाङको तुलसिपुर स्थित हिलसाइड टेक्नीकल कलेजका विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएका छन् । सो कलेजमा अध्ययनरत २२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


गत १८ भदौदेखि परिक्षा भएको थियो । विद्यार्थीहरुको लिखित र मौखिक दुवै परिक्षा साथै सिप परिक्षण पनि गराइएको परिषद्का टेक्निकल असिस्टेन्ट सन्तोष महासेठले बताए । उनले भने, ‘हिलसाइडका विद्यार्थीहरुले नेपालमै पहिलोपटक टेलिकम टेक्निसियन तह २ को परिक्षा दिएका हुन् । परिषद् अन्तर्गत् नेशनल स्किल टेस्टिङ बोर्ड मार्फत परिक्षा भएको हो ।’ सो अनुभव र परिक्षा उत्तिर्ण पश्चात् नेपाल टेलिकमले खोल्ने टेलिकम टेक्निसियन तह चारमा प्रतिष्पर्धा गर्न पाइने परिषद्ले जनाएको छ ।


परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक हुने बताइएको छ । यस अघि जुनीयर टेलिकम टेक्निसियन तह एकको परिक्षा भएपनि टेलिकम टेक्निसियन तह दुइको परिक्षा नेपालमै पहिलो पटक भएको हो । नेपालमा पहिलोपटक हिलसाइड टेक्निकल कलेजमा टेलिकम टेक्निसियन तह दुईको अध्ययन अध्यापन हुदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालमै पहिलो पटक हिलसाइड टेक्निकल कलेजले यो कार्यक्रम सञ्चालनमा लिएको र पहिलो पटक विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएको नेपाल टेलिकमका टेक्निकल अफिसर श्रीनारायण चौधरीले बताए । उनले भने ‘विद्यार्थीले दुरसञ्चार प्रदायक संस्थाहरुबाट खुलाएका विज्ञापनहरु जस्तै नेपाल टेलिकम, एनसिएल तथा अन्य दुरसञ्चार प्रदायक संस्थाहरुमा रोजगारीको अवसर प्राप्त गर्नेछन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *