दाङ उवासंघको एक दिने व्यवसाय दर्ता सिवीर सम्पन्न

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २१ । दाङ जिल्ला उद्योग वाणिज्य संघ, आन्तरीक राजस्व कार्यालय तुल्सीपुर र घोराही उपमहानगरपालिकाको आयोजनामा व्यवासाय दर्ता तथा कर सिवीर सम्पन्न भएको छ । सिवीरमा २ सय ५० वढी व्यवसायिहरुले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नया दर्ता, नविकरण, राजस्व वुझाउने, र प्यान नम्वर लिने गरेर यो सङख्या भएको सघले जनाएको छ । सिवीरमा संघमा दर्ता, उप महानगरपालिकामा दर्ता, राजस्व कार्यालयमा दर्ता, राजस्व वुझाउने, व्यक्तिगत प्यान लगाएको सेवा प्रदान गरिएको संघले जनाएको छ । व्यवसायिहरुको सहजताका लागि राजस्व कार्यालय तथा उप महानगरपालिका संग सहकार्य गरेर उद्योग वाणिज्य संघले हरेक वर्ष सिवीर सञ्चालन गदै आएको छ । एकै स्थान वाट सेवा प्राप्त गरेर पछि व्यवसायिहरुले खुसी व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले यस प्रकारका सिवीर निरन्तरता दिन समेत आग्रह गरेका थिए । सिवीर विहान ८ वजे वाट सुरु गरिएको थियो । सिवीरको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा वोल्दै आन्तरीक राजस्व कार्यालय तुलसीपुरका प्रमुख लिलाराम शर्माले व्यवसायिहरु लाइ सहज कर वुझाउने वातावरण निर्माण गरि रहेको बताए । जन शत्तिको समस्याको कारण भने अनुसार सहज वातावरण निर्माण गराउन नसकिएको उनको भनाइ रहेको छ । आफुहरुले भएको जन शक्तिको प्रयोग गरेर कार्य सहज सेवाको प्रयास जारी राखेको उनको भनाइ छ ।

वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले नागरिकले कर लाइ करको रुपमा लिन हुने बताए । ‘हामीले तिरेको कर वाटै हाम्रै विकास हुने हो’ अध्यक्ष डाँगीले भने । कार्यक्रमको सहजिकरण महासंचिव नरेश काकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *