प्रभावकारी भएन दाङ यातायातको प्रदूषण मापनयन्त्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २१ । दाङस्थित यातायात व्यवस्था कार्यालयमा रहेको सवारी प्रदूषण मापनयन्त्र प्रभावकारी रुपमा प्रयोग हुनसकेको छैन । गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको प्रदूषण मापन गरिएको यातायात कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“एक वर्षअघि उक्त यन्त्र भित्र्याइएको हो”, उहाँले भन्नुभयो, “तर उक्त यन्त्र प्रभावकारी रुपमा प्रयोगमा आउन सकेन, अहिलेसम्म ७५ सवारीसाधनको मात्रै प्रदूषण मापन गरिएको छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारी धनीले प्रदूषण मापनको महत्व नबुझ्दा पनि यस्तो समस्या देखिएको उहाँको भनाइ थियो । “प्रायः गाडी काठमाडौँमै प्रदूषण मापन गरेर आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसले गर्दा पनि दाङमा प्रदूषण मापन गर्नेको सङ्ख्यामा कमी आएको हो ।”

यातायात व्यवस्था कार्यालय दाङले ट्राफिक प्रहरीसँग समन्वय गरी सवारीसाधनको यन्त्र ठीक भएमा हरियो स्टिकर लगाउने व्यवस्था गरेको छ । गाडीको धुवाँले वातावरणमा कति असर गरिरहेको छ, भन्ने पत्ता लगाउनका लागि कालो धुँवा मापन गर्ने गरिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिले यो सेवाका लागि काठमाडौँ नै जानुपथ्र्यो तर दाङमै यो सुविधा हुँदा पनि प्रभावकारी प्रयोग नदेखिएको उहाँको भनाइ थियो । गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको छ÷छ महीनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको रु ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी सबै सवारीसाधनको अनिवार्य प्रदूषण मापन गरिन्छ ।

जाँचपश्चात् सवारीसाधनको इञ्जिन सही भए÷नभएको प्राविधिकले परीक्षण गर्दछन् । सही भए हरियो स्टिकर टाँसी चलाउन अनुमति दिइन्छ भने कुनै समस्या भए बनाउन सुझाव दिइन्छ । उक्त यन्त्र यातायात व्यवस्था कार्यालय दाङमै राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिलेसम्म ट्राफिकलाई स्टिकर लगाएको÷नलगाएको बारेमा जाँच्नका लागि कुनै निर्देशन नभएको ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले बताउनुभयो । स्टिकर लगाएको, नलगाएको बारेमा अनुगमन गर्न कुनै निर्देशन नदिएको भन्दै अहिलेसम्म कुनै पनि सवारीलाई कारवाही नगरिएको उहाँको भनाइ छ ।  रासस

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *