स्थानिय तहमा करिब २ हजार जनालाई खुल्यो जागिर

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, १७ भदौ | दाङसहित देशभरका ७ सय ५३ स्थानिय तहमा करिब २ हजार जनालाई रोजगारी खुलेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा एवं व्यक्तिगत घटना दर्ता प्रणालीका लागि एकै पटकमा ठुलो संख्यामा विज्ञापन खोलेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्त्रालयले आज प्रकाशित गरेको सुचनामा दाङसहित देशभरका ७ सय ५३ स्थानीय तहमा एमआइएस अपरेटर र फिल्ड सहायक गरी १ हजार ९ सय ८९ पदका लागि दरखास्त आब्हान गरेको छ । विज्ञापनमा ९ सय ९४ एमआइएस अपरेटर र ९ सय ९५ जनाको फिल्ड सहायक आवश्यक रहेको उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एमआइएस अपरेटरका लागि कक्षा १२ पास र मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिना कम्प्युटर शिक्षा हासिल गरेको हुनुपर्ने छ । त्यसैगरी फिल्ड सहायकका लागि कम्तिमा एसएलसी वा एसइई पास भएको हुनुपर्ने र दुबैको पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने भएको छ । योग्यता पुगेकाहरुले विभागकको वेवसाइटबाट दरखास्त दिन सक्ने मन्त्रालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *