उपनिर्वाचनको लागि दल दर्ता गर्न निर्वाचन आयोग आग्रह

 दाङ, १७ भदौ | निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि यही भदौ मसान्तसम्मको समय दिएको छ ।
यो अवधिमा दलको लेखापरीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको आयोगका प्रवक्ता शंकर खरेलले जानकारी दिनुभयो । नेपालको संविधानको धारा दुइ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।
जनप्रतिनिधिविहीन बनेका स्थानमा उपनिर्वाचनमार्फत् पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *