लिग फुटबल प्रतियोगिता सुरु (फोटो फिचर)

नवीन अभिलाषी
दाङ, भदौ ५ । प्रदेश नं. पाँच स्तरिय मुख्यमन्त्री कप फुटबल लिग प्रतियोगिता दाङको बेलझुण्डीमा सुरु भएको छ । १२ गतेसम्म हुने प्रतियोगिताको प्रदेश नं. पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्नुभयो । प्रतिययोगिताको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशको खेल क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले स्थानीय सरकार देखि प्रदेश सरकारको राम्रो बजेट तथा कार्यक्रमहरु खेल क्षेत्रको विकासका लागि विनियोजन भएको बताउँदै मन्त्री बरालले स्थानीय तहहरुमा खेल मैदान तथा पुर्वाधार र प्रदेश सरकारले पनि प्रदेश स्तरिय तथा राष्ट्रिय स्तरका खेलकुद सम्बन्धी पुर्वाधारहरु निर्माण गरिरहेको बताउनुभयो । विगतका वर्षहरुमा पर्याप्त बजेट र संरचनाको कारण खेल क्षेत्रको विकास हुन नसकेको बताउँदै अब प्रदेश सरकारले खेल क्षेत्रका विभिन्न आधिकारीक संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम गरिने बताउनुभयो ।

मन्त्री बरालले विद्यालय जीवन देखि नै खेलमा आकर्षण पैदा गर्नको लागि कार्यक्रमहरु बनाउने बताउनुभयो । अब छात्रवृत्ती सहितको खेलको लागि पहल सुरु भैसकेको भन्दै उहाँले खेलाडीहरुले आफ्नो लागि मात्र नखेलेर आफ्नो समूह, आफ्नो जिल्ला र आफ्नो मुलुकको लागि ठुलो योगदान गर्न सक्ने सम्भावना रहेको धारणा ब्यक्त गर्नुभयो । खेलाडी अहिलेको समाजको रोल मोडल बन्न सक्ने र समाजमा सद्भाव कायम राख्न सक्ने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लिग सञ्चालक समितिका संयोजक पुकार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै समितिका महासचिव तथा जिल्ला फुटबल संघका अध्यक्ष शुसिल श्रेष्ठले खेल सञ्चालनका लागि जिल्लामा निर्माण भएका पुर्वाधारहरुले खेल क्षेत्रको विकास गर्न सहयोग पुगेको बताउनुभयो । स्थानीय देखि प्रदेश सरकारले खेल क्षेत्रमा देखाएको चासोले खेलाडीहरु उत्साहित भएको उहाँको भनाई छ ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मासिंह शेर्पाले प्रदेशमा हुने खेलहरुले स्थानीय खेलाडीहरुको विकासका लागि ठुलो सहयोग पुग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला स्थित विभिन्न खेल क्षेत्रका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेशका ६ वटा जिल्लाले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा १५ वटा खेल हुनेछन् । एन्फामा आवद्ध प्रदेशका दाङ, नवलपरासी, बर्दिया, रुपन्देही र बाँके जिल्ला प्रतिस्पर्धामा सहभागी भएको छ भने एन्फामा आबद्ध नभएका रोल्पा, रुकुम, कपिलबस्तु र गुल्मीलाई नकआउट खेलबाट उत्कृष्ट एउटा समुह गरी ६ वटा समूह दाङमा भिड्ने छन् । पछिल्लो पटक बेलझ्ण्डीमा निर्माण भएको रँगशालामा सुरु भएको खेल जिल्लाकै चासोको रुपमा हेरिएको लिग सञ्चालक समितिका संयोजक पुकार थापाले बताउनुभयो । उत्कृट हुने समूहलाई २ लाख रुपैया र उप विजेतालाई १ लाख रुपैँया पुरस्कार र कपको व्यवस्था भएको आयोजकले बताएको छ ।

विहिबार भएको उद्घाटन खेलमा नवलपरासीको सनराईज स्टार क्लव र दाङको सक्सेस क्लव विच भएको फुटवल खेलमा नवलपरासीको समूह विजेता भएको छ । पहिले देखि नै आक्रामक लेख प्रस्तुत गर्दै आएको नवलपरासीको सनराईज स्टार क्लवले २–० को विरुद्ध खेल जितेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *