पत्रकार लामिछानेको रिहाईको माग गर्दै लमहीमा नारा सहित रयाली

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, ३ भदौ |  पत्रकार रबि लामिछाने लाई रिहाईको माग गर्दै मङ्गलबार दाङ्गको लमहीमा नारा जुलुस निकालिएको छ । लमहीका स्थानिय युबा ब्यबसायीहरुले पत्रकार लामिछानेको रिहाईको माग गरेका हुन् । पत्रकार लामिछानेलाई फसाउन षड्यन्त्र रचिएको भन्दै प्रहरी प्रशासन र सरकार प्रति अालोचना गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनिहरुले नालायक गृहमन्त्रि राजिनामा दे, प्रहरी दमन गर्न पाँईदैन, निर्दोश रबिलाई रिहा गर भन्दै, चर्को नाराबाजि गरेका थिए । पत्रकार शालिकराम पुडासैनीको अात्महत्या प्रकरण लाई निश्पक्ष छानबिन गर्न उनिहरुले अनुरोध समेत गरेका छन् । ३ करोड जनताको हिरो लामिछाने कुनैपनि हालतमा दोषी नभएको ठहर गर्दै प्रहरीको ज्यादती अाफुहरुलाई मान्य नहुने युवा बिजय गिरिले बताउनुभयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 पुन: ५ दिन म्याद थप

Blog Post Ad Blog Post Ad Blog Post Ad

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरेसँगै रविका समर्थकहरुले अन्याय भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो। गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शालिकराम प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ परेका थिए। अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले थप ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको बयान लिइसकिएको जनाएको छ। युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ। रविको भने बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *