तुुलसीपुरमा सस्तो पसल संचालन गरिने


तुलसीपुर, २ भदौ | चाडपर्वलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले सस्तो पसल सञ्चालन गर्ने भएको छ । सहकारीसँग समन्वय गरेर बजार प्रवेश गर्ने चारैवटा नाकामा सस्तो पसल सञ्चालन गरिने नगरउपप्रमुख माया शर्माले जानकारी दिइन् । सस्तो पसल खाद्य सामाग्रिसंग सम्बन्धित रहने उनको भनाई छ । ‘चामल, चिनि, मैदा, नुन, तेल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्रि बिक्रिवितरण गर्ने गरी सस्तो पसल संचालन गर्नेछौँ’ उनले भनिन् –‘सस्तो पसलले विपन्न तथा न्युन आए भएका व्यक्तिलाई सहयोग पुग्ने छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजार व्यवस्थापन तथा अनुगमन समितिकी संयोजक समेत रहेकी शर्माले चाडपर्वमा बजारमा भिडभाड पनि निकै हुने हुँदा उपभोक्ता ठगिन सक्ने भएकालले पनि सस्तो पसल प्रभावकारी हुने बताएकी छन् । चाडपर्वमा सहुलियत पसल संचालन भएपछि ग्रामिण भेगका नागरिकलाई झनै सहज हुने छ उनले भनिन्–‘ उपभोक्ताको मागलाई मध्यनजर गर्दै सस्तोपसल संचालन गर्न लागिएको हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच चाडपर्वमा व्यापारीले मनलाग्दो किसिमले मूल्यवृद्धि गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्ययोजना अगाडि बढाएको छ । वजार अनुगमन तथा व्यवस्थापन समितिकी संयोजक आचार्यले बजार अनुगमन गरेर आवश्यक कारवाही अगाडि बढाइने बताइन् । उनले चाडपर्व भनेर मनलाग्दो तरिकाले मुल्य वढाउने क्रमको अन्त्य गर्नका लागि स्थानीय सरकारले ध्यान दिने कुरामा जोड दिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपभोक्ता अनुगमन तथा व्यवस्थापन समितिको तुलसीपुरमा वसेको बैठकले बजारमा उपभोक्ता नठगिउन् भन्नका लागि मुल्य सूचि टाँस अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । ‘बजार मूल्य टाँस गर्नु कानुनी कुरा पनि हो, यो वारेमा उद्योग वाणिज्य संघसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाइनेछ ’ संयोजक आचार्यले भनिन् । उनले कतिपय वस्तुको मुल्य विक्रेताले आफुखुसी वढाउने गरेको बताउँदै विना कारण उपभोक्ताको ढाड सेक्ने गरी मुल्य वृद्धि गर्न नहुने बताइन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले बजार अनुगमनका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने वताए । उनले एकाध व्यापारीले गलत गर्दा सबै व्यापारीको नाम मुछिएको कुरामा समेत जोड दिए । ‘कसैले पनि आफ्नो मन लाग्दो गर्छ भने त्यो सह्य हुँदैन ’ भण्डारीले भने । उनले उद्योग वाणिज्य संघले वजार शुद्धिकरणका लागि सहयोगी भुमिका खेल्ने कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला वचत तथा ऋण सहकारीका अध्यक्ष रुपवहादुर खत्रीले वजारमा कालोवजारीका साथै मिसावट पनि वढेको बताउँदै स्थानीय सरकारले प्रशासनको सहयोगमा त्यसलाई नियन्त्रण गर्नुपर्ने वताए । उनले वजारमा के भइरहेको छ भन्ने वारेमा स्थानीय सरकार अनभिज्ञ रहेको आरोप समेत लगाए । ‘जनताको गुनासो आएपछि मात्रै होइन की वेला वेलामा वजारमा के भइरहेको छ भन्ने वारेमा पनि चासो दिनु आवश्यक छ ’ उनको भनाई छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य केशव कुमार शर्मा वजारसँगै यातायात लगायत अन्य कुराहरुमा पनि निरन्तर अनुगमनको खाँचो पर्ने वताए । उनले वजारमुल्य अनिवार्य रुपमा सबैले टाँस्नुपर्ने कुरामा जोड दिदै सामानको गुणस्तर समेत जाँच गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । ‘वजारमा अहिले विषादी मिसाएका कुराहरु समेत आइरहेका छन् तर त्यसका वारेमा कसैलाई पनि चासो छैन’ शर्माको भनाइ रहेको छ । उनले मानिसको स्वास्थ्यमा असर पार्ने तरकारी, फलफुल र मिठाईको शुद्धता जाँच्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *