दाङबाट‘तुलसीपत्र’ दैनिक पत्रिका प्रकाशित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङबाट ‘तुलसीपत्र’ राष्ट्रिय दैनिक पत्रिका प्रकाशित भएको छ । पत्रकारितामा नयाँपन दिन दाङको तुलसीपुरबाट उक्त पत्रिका प्रकाशन गर्न लागिएको प्रकाशक मनुराज शर्माले बताए । उनका अनुसार सोमबारदेखि उक्त पत्रिका नियमित दैनिक प्रकाशन भएको छ ।

साथै उक्त पत्रिकाले मुलुकको समृद्धि र विकासकालागि जनता र सरकारबीचको पुलको भूमिका खेल्ने बताए । यस अघि अनलाईन संस्करण ( तुलसीपुर अनलाईन) सञ्चालन गर्दै आएको समूहले पत्रिका प्रकाशन गर्न लागेको भन्दै अनलाईन र पत्रिकलाई संगसंगै मिलाएर लैजाने पत्रिकाका प्रबन्धक हेमराज डाँगीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो संगै दाङमा पत्रिकाको संख्या ७ पुगेको छ । दाङमा यस अघि ६ वटा पत्रिका प्रकाशित छन् । पत्रिकाको प्रधान सम्पादकमा दीपक बोहरा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *