प्रदेश ५ को नाम लुम्बिनी ! राजधानी कहाँ ?

बुटवल, भदौ २ । प्रदेश ५ सरकार गठन भएको २ वर्ष पुगेको छ । तर, अहिलेसम्म प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंगिएको छैन । दाङका शंकर पोखरेल प्रदेश सांसदको टिकट पाएपछि प्रदेशको राजधानी दाङ बनाउने भन्दै चुनावी एजेण्डा बनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुपन्देही क्षेत्र नं. २ बाट विष्णु पौडेलले प्रदेशको राजधानी बुटवल बनाउने एजेण्डासहित निर्वाचनमा होमिए ।

दाङबाट शंकर पोखरेल प्रदेश सांसदमा विजयी भए भने विष्णु पौडेल रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित भए । निर्वाचनका समयमा बुटवल र दाङलाई प्रदेश राजधानी बनाउने जोड बलसहित चुनावी प्रचार गरेका नेताकै कारण प्रदेश नं. ५ को राजधानी कहाँ बनाउने भन्ने विषय निष्कर्षमा पुग्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एउटै पार्टीका नेता राजधानीको विषयमा विभाजित भएपछि राजधानी कहाँ बनाउने विषय पेचिलो बन्दै गएको हो । दाङ पुगेर नेकपा नेता कृष्णबहादुर महराले आठांै प्रदेश जन्माएर भए पनि दाङलाई राजधानी बनाउँछु’ पनि भनेका थिए ।

त्यतिमात्र हैन, बुटवलको एक सार्वजनिक कार्यक्रममै प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र लैजान नदिने नेकपाका महासचिव विष्णु पौडेलले बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसबाहेक नेपाली कांग्रेस संघीय प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँडले बुटवलबाट राजधानी अन्य ठाउँ सारे परिणाम गलत हुने चेतावनी दिँदै आएका छन् । जसका कारण राजधानीको विषय झन् झन् जटिल बन्दै गएको छ । नेताको स्वार्थमा अल्झेको प्रदेश ५ ले कहिलेसम्म राजधानी र नामाकरण पाउने हो यसै भन्न सकिने अवस्था छैन ।

समिति गठनले काम गरेन

प्रदेश ५ को स्थायी राजधानी र नामको टुंगो लगाउन भन्दै २४ साउन २०७५ मा प्रदेशसभाले विशेष समिति बनायो । यो समितिको म्याद तेस्रो पटकसम्म थपियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिलो तीन महिना व्यर्थै गुजारेको समितिले दोस्रो पटक प्रदेशका सबै जिल्लामा पुगेर सुझाव संकलन गर्यो । तर पनि स्थायी राजधानी र नामकरणको विषय टुंगो लागेन । गत जेठ ३० गते प्रदेशसभाको बैठकले समितिको म्याद पुन ६ महिना थप गर्ने निर्णय गर्यो ।

तेस्रो पटक म्याद थप गरिएपछि समितिले अहिले विज्ञहरुसँग छलफल गरिरहेको छ । विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुनले विभिन्न जिल्लामा पुगेर गरिएको सुझावहरु माथि विज्ञहरुको राय लिएर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिने बताए । ‘हामीले अहिले विज्ञहरुको राय लिने काम गरिरहेका छौं, उनीहरुसँग एक पटक बैठक समेत बसेर प्रतिवेदनका लागि आग्रह गरेका छौं’, संयोजक पुनले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘प्रदेश राजधानी कस्तो बनाउने बहस गरौं’

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने बहस जरुरी रहेको बताउँछन् । प्रदेश सरकार गठन भएको लामो समयसम्म प्रदेशको नामाकरण र राजधानी दिन नसकेको आरोप उनीमाथि लागि राख्दा उनी आउने पुस्ताले समेत गर्व गर्न लायक राजधानी बनाउने भनेर यसबारे अरु कुरा गर्न चाहँदैनन् ।

दाङबाट निर्वाचित पोखरेल बुटवलमा कुनै पनि हालतमा राजधानी बनाउने पक्षमा छैनन् । त्यसैकारण मुख्यमन्त्रीले राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने कुरामा अल्मल्याएको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर, निर्वाचनको समयमा मुख्यमन्त्री पोखरेलले मध्य भागमा रहेको दाङ जसरी पनि प्रदेशको राजधानी बनाउने बताएका थिए ।

संसदमा कमजोर प्रतिपक्ष

प्रदेश ५ मा ८७ सांसद छन् । नेकपाका ६२, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरम नेपालका ५, राजपा नेपालका एक तथा राजमोका १ जना गरी जम्मा ८७ जना सांसद छन् ।

दुई तिहाई बहुमत रहेको नेकपाका सांसद राजधानी र नामाकरणका बारेमा खुलेर बोल्दैनन् । संसदमा खबरदारी गर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि संसदमा निरीहजस्तै बनेको छ ।

प्रदेश सरकारले ल्याउने जुनसुकै विधेयक पास गर्नुबाहेक संसदमा प्रतिपक्षको भूमिका देखिँदैन । राजधानीको सवालमा पनि प्रतिपक्ष दलले यो कुरा जोडतोडका साथ उठाउन सकेको छैन् । ‘हामीले खबरदारी गर्दै आएका छौं, दुईतिहाई बहुमतले यसको टुंगो लगाउने हो,’ नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले भने, ‘कसैको पनि दुईतिहाई पुग्दैन, त्यसैले राजधानी बुटवलमै हो ।’

राजधानीका लागि पार्टीको ह्वीप सम्भव छैन

यस प्रदेशमा ८७ जना सांसदमध्ये सत्तारुढ नेकपाका ६२ जना छन् । जुन दुई तिहाईभन्दा बढी हो । बुटवल राजधानी चाहनेले साविक लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने संख्या ५२ रहेको छ भने दाङको पक्षमा रहेका राप्ती र भेरीका सदस्यको संख्या ३५ मात्र छ । त्यसकारण प्रदेशको राजधानी क्षेत्रीय मुद्दा भइसकेकाले मतदानमा जाँदा पनि पार्टीको ह्वीप नलाग्ने नेताहरु बताउँछन् ।

नाम लुम्बिनी

प्रदेशको नाममा भने लगभग सहमति भइसकेको छ । विशेष समितिले १२ वटै जिल्लामा गएर सुझाव संकलन गर्दासमेत प्रदेशको नाम लुम्बिनी नै उपयुक्त हुने सुझाव पाएको थियो । सुझाव संकलनका क्रममा एक हजार तीन सय बढी नागरीकसँग अन्तरक्रिया गरी प्रश्न सोधिएको थियो ।

तीमध्ये करिब आधा–आधाले राजधानी रुपन्देही र दाङ हुनुपर्ने सुझाव दिएका थिए । तर, नामको सम्बन्धमा भने लुम्बिनी नै राख्न सुझाव आएको समितिका एक सदस्यले बताए ।

सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नाम आए पनि सबैभन्दा बढी लुम्बिनी नाम राख्न सुझाव आएको समितिका एक सदस्यले शिलापत्रलाई जानकारी दिए ।

मध्यमार्गी विकल्प कपिलवस्तु पनि

बुटवल र दाङको रस्साकस्सी बढ्दै जाँदा साविकको लुम्बिनी अञ्चलकै अर्को जिल्ला कपिलवस्तुले पनि प्रदेशको राजधानीमा आफ्नो दाबी अगाडि सारेको छ ।

बुटवललाई राजधानी मान्न तयार नभएका शंकर पोखरेल र दाङलाई राजधानी मान्न तयार नभएका विष्णु पौडेलकै कारण कपिलवस्तुले आफ्नो दावी प्रस्तुत गरेको हो ।
विवाद नमिले कपिलवस्तु राजधानी तोकिन सक्ने अड्कलबाजी हुने थालेको छ ।

दुई नेताले निर्वाचनमा गरेको बाचा पूरा नहुने भएपछि मध्यमार्गी विकल्प कपिलवस्तुलाई स्वीकार्नुको विकल्प नभएको नेकपाकै सांसद बताउँछन् ।

रूपन्देही र दाङको बीचमा पर्ने तथा नवलपरासी पश्चिमको दाउन्नेदेखि बर्दियासम्म फैलिएको तथा भूगोलका हिसाबले पनि लगभग मध्यभागमा पर्ने कपिलवस्तु राजधानीका लागि सबै हिसाबले उपयुक्त रहेको कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थी बताउँछन् । ‘कपिलवस्तु हरेक हिसाबले उपयुक्त छ । भौगोलिक र जनसंख्याले पनि मध्यभागमा पर्छ,’ सांसद पन्थीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *