दाङको पर्यटकीय स्थल घोरदौरामा पर्यटकको चाप बढ्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

रञ्जिता अधिकारी

दाङ, २० कात्तिक । नेपालीहरुमा पछिल्लो समय घुम्ने प्रवृत्तिको विकास भएको छ । चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सार्वजनिक बिदा, शनिबार र चाडपर्वको समयलाई हिजोआज नेपालीले भरपुर उपयोग गर्ने गरेका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका हुन्छन् । विदाका अवसरमा धार्मिक पर्यटकीय स्थलसँगै प्राकृतिक सौन्दर्य स्थलमा पनि पर्यटकको उस्तै घुइँचो लाग्ने गरेको छ ।

दाङ जिल्ला र वरपरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । दाङका पर्यटकिय स्थलमा घुम्न आउने पर्यटकको उपस्थिती बाक्लो हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका १५ का सुरक्षा पोखरेल दाङको घोराही उपमहानगरपालिका १८मा रहेको सेल्फि डाँडाँमा साथीहरुसँग घुम्न पुगिन् । उनी पढाईको सिलसिलामा पोखरा बस्ने गर्छिन् । उनलाई दाङको पहाडि क्षेत्रमा रहेको पर्यटकिय स्थल घुम्न जान मन पहिले देखि थियो तर अनकुल परेको थिएन । यो दशैको विदामा उनलाई घुम्ने रहर पुरा भएको छ । उनले भनिन्, आफ्नै पालिका भित्र यस्तो रमणिय स्थान रहेछ माथि पुगेर घोराही बजार हेर्न पाउदा झनै मज्जा लाग्यो । रमाइलो मौसम साथीहरुसंग घुमघाम गरियो, नाचगान, पिङ खेलियो र फोटो खिचियो रमाइलो लाग्यो ,उनले भनिन् । अटो रिक्सामा दुइ सय रुपैया दिएर त्यहाँ पुगेका थियौ ।

घोराही उपमहानगरपालिका –६ की राधा आचार्य शनिवारको दिन पारेर सोही स्थानमा घुम्न गइन् । उनलाई बाटो बिग्रेको देखेर सुरुमा नजाऔ भन्ने लाग्यो तर धेरैले घोरदौरा घुम्न लायक स्थान भनेर बयान गरेको सुनेर जान लागेको बताइन् । बाटो राम्रो बनाउन सकेमा सेल्फी डाँडा उत्कृष्ट पर्यटकीय स्थल रहेको बताइन् । त्यहाँ पुग्दा घोराही बजारको मनोरम दृश्य देख्न पाइने, गर्मीमा चिसो स्वस्थ हावा आउने रिसोर्टमा खान पनि पाइने राम्रो लागेको बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अरुबेलाको तुलनामा चाडपर्वको समयमा पर्यटक निकै बढेको घोरदौरमा रिसोर्ट संचालन गर्दै आएका सञ्जित नेपालीको भनाइ छ । साढे दुइवर्ष देखि सोही स्थानमा रिसोर्ट चलाउँदै आएका नेपालीले अरु समयमा भन्दा विदा र चाडबाडको समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको बताए । आजभोलि दैनिक दुइ देखि तीन सय जना घुमघामका लागि आउने गरेको उनले बताए । “यहाँ आउने पर्यटकलाई लिङ्गेपिङ राखिदिएका छौ त्यो निशुल्क छ । अरु पिङमा दुइ सय रुपैया शुल्क लाग्ने गरेको छ”–उनले भने । सो ठाउँमा नास्ता, खानाको पनि व्यवस्था रहेको छ ।

वर्षाले बिग्रियो बाटो

Blog Post Ad Blog Post Ad Blog Post Ad

वर्षाको पानीले ठाउँ ठाउँमा बाटो पहिरो गएर बिग्रिएको छ । घोराही उपमहानगरपालिका १८ का वडा अध्यक्ष भरतमणि अर्यालले घोरदौराको पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बताए । पहाडी क्षेत्र भएकाले वर्षाको पानीले बाटो पनि चिरा परेको र पहिरो गएको उनको भनाइ छ । “वडामा सानो बजेट हुन्छ मर्मतको काम मात्रै गर्न सकिन्छ । ठूलो कामका लागि प्रदेश र संघीय सरकारको मुख ताक्नुपर्ने बाध्यता रहेको छ”, उनले भने । बिदाको दिनमा पारिवारिक रुपमा घुम्न जानेको संख्या बढी हुने उनको भनाइ छ । बाटो सुविधा भए आन्तरिक पर्यटक बाह्रै महिना घुम्न मिल्ने स्थान रहेको उनको भनाई छ । बाटोका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए

Blog Post Ad Blog Post Ad Blog Post Ad