मिस अर्थको पहिरन प्रतिस्पर्धामा नेपालले जित्यो रजत पदक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० कार्तिक । नेपालको पहिरनले वातावरण सुन्दरी प्रतियोगिता मिस अर्थ २०२४ अन्तर्गतको एक महत्वपूर्ण विधामा रजत पदक जितेको छ । फिलिपिन्सको मनिलामा आयोजित ‘अपसाइक्लिङ फेसन शो’मा पदक जितेको हो । खेर गएका सामग्रीको पुनःप्रयोगमार्फत तयार पारिएका आकर्षक र वातावरणमैत्री पहिरनलाई लिएर प्रतिस्पर्धा गरिएको थियो । जसमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुमनाले पहिरिएको उक्त पहिरन इको-फ्रेन्ड्ली र नयाँ डिजाइन रहेको निर्णायकले बताएका थिए । यस प्रतिस्पर्धामा मौरिससले स्वर्ण पदक र नेदरल्याण्ड्सले काँस्य पदक जिते ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘यी डेलिगेट्सले दिगो फेसनको सुन्दरतालाई हाइलाइट गर्दै, खेर गएका सामग्रीलाई आश्चर्यजनक सिर्जनामा रूपान्तरण गरे । यी प्रेरणादायी पर्यावरणमैत्री डिजाइन आकर्षक पनि छन्’ विजेता घोषणा गर्दै मिस अर्थले भनेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समुन्द्रमा प्लास्टिक प्रदूषणबारे नेपालले डिजाइन तयार पारेको थियो । यो पहिरनको उपल्लो भाग टेबलमा बिच्छयाउन प्रयोग हुने टेबल-क्लोथको प्रयोग गरिएको छ । तल्लो भागलाई पोलिथिन प्लास्टिकले तयार पारिएको छ जसले समुन्द्रमा हुने प्रदूषित फोका झल्काउने जनाइएको छ । मिस अर्थको ग्राण्ड फिनाले नोभेम्बर ९ मा हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad