पटका नियन्त्रणमा प्रहरीको सक्रियता, दाङमा साढे दुई लाख बढीको पटका नष्ट

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ कात्तिक । तिहारमा पटकाजन्य वस्तुको बिक्रिवितरण र पट्काउनमा कडाइ गरिएको छ । चाडपर्वमा रमाइलोको नाममा पटका पट्काउने प्रचलन बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा कडाइ गरेको हो । दाङमा प्रहरीले विभिन्न ठाउँबाट बिक्रि वितरणका लागि राखिएको पटका बरामद गरी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साढे २ लाख बढीको पटका बरामद गरी नष्ट गरिएको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको २ लाख ६५ हजार ९६० को पटका आज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीसहित जिल्ला प्रशासन दाङ, नेपाल पत्रकार महासंघ दाङ, दाङ जिल्ला उद्योग वाणिज्य संघ र जनप्रतिनिधिको रोहबरमा पटका नष्ट गरिएको हो । यसैबिच प्रहरीले कुनै पनि ठाउँमा पटकाजन्य वस्तु पट्काउने गरेको सुनेमा वा देखेमा प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरेको छ ।

पटक पट्काउँदा ध्वनि प्रदुषण हुने, आगलागीको जोखिम हुने र मानिसलाई अंगभंगसमेत गराउन सक्ने भएकाले प्रहरीले यसको नियमनमा कडाई गरेको प्रवक्ता थापाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad