१५ वर्षदेखि लागुऔषधको कारोबार गरिरहेकी दाङकी तिलकुमारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ कार्तिक । इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले करिब एक महिनाअघिदेखि लागुऔषध दुर्व्यसनीविरूद्ध अपरेसन चलाइरहेको छ । तुलसीपुर प्रहरी प्रमुखमा प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल ठकुरीले कमाण्ड सम्हालेपछि लागुऔषध दुर्व्यसनीविरुद्धको अपरेसन चलाएका हुन् ।

प्रहरी निरीक्षक हुँदा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी परिसर काठमाडौंको सादा पोसाकमा लामो समय काम गरेका डीएसपी ठकुरीले कमाण्ड सम्हालेपछि तुलसीपुरका स्थानीयसँग परामर्श गरे । डीएसपी ठकुरीले परामर्शमा भनेका थिए, ‘तुलसीपुरको शान्तिसुरक्षा कायम गर्न प्रहरीको तर्फबाट के गर्दा ठीक हुन्छ ? यहाँ के कारणले सुरक्षा चुनौती छन् । म नयाँ कमाण्डर भएर आएको छु । तपाईंहरूको पनि सहयोग चाहिन्छ ?’

Blog Post Ad Blog Post Ad Blog Post Ad

डीएसपी ठकुरीका कुरा सुनेका स्थानीयले प्रतिक्रिया जनाइहाले, ‘तुलसीपुर अधिक लागुपदार्थ प्रयोगकर्ता छन् । उनीहरूबाट ज्यान मार्नेसम्मका घटना भएका छन् । कसरी हुन्छ, यो रोक्नुपर्यो, डिएसपी सा’प हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।’ स्थानीयको कुरा सुनेपछि डीएसपी ठकुरीले पुराना मुद्दालाई समेत पल्टाए । मुद्दा हेर्दा स्थानीयले भनेजस्तै अधिकांश घटना लागुऔषध प्रयोगकर्ता कै थियो । ठूलै मात्रैमा लागुऔषधसहित पक्राउ गरेको घटना नभए पनि अधिकांश लागुऔषधकै थिए ।

लागुऔषधको दुर्व्यसनीमा परेका युवालाई मुक्त गर्न उनले अपरेसन चलाउने निर्यण गरे । लागुऔषधविरुद्धको अपरेसन चलाएको एक महिना नबित्दै डीएसपी ठकुरीको टोली १५ जना लागुऔषध प्रयोग गर्ने युवालाई पक्राउ गर्न सफल भयो । तर, प्रहरीको उद्देश्य प्रयोगकर्तालाई मात्रै पक्राउ गर्नु थिएन । युवालाई लागुऔषध बिक्री गर्ने गिरोहसमेत ध्वस्त पार्नुथियो । त्यही उद्देश्यअनुसार पक्राउ परेकाहरूलाई उनीहरूले प्रयोग गर्ने लागुऔषध कहाँबाट आउँछ भनेर प्रहरीले खोल्न थाल्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ परेका अधिकांश युवाले आफूहरूले प्रयोग गर्ने लागुऔषध ‘ट्रामाडोल’ आन्टिमार्फत आफूहरूले खाने गरेको बयान दिए । प्रहरीले उनीहरूबाट ‘आन्टी’बारे थप सूचना संकलन गर्यो । तर, ‘आन्टी’ नामले मात्रै चिनेका उनीहरूले उनको थप विवरण प्रहरीलाई दिन सकेनन् । उनीहरूले बयानमा भनेका थिए, ‘नाम र ठेगाना त थाहा छैन । हामी उहाँलाई आन्टी–आन्टी भन्छौँ । हामीले भेटेका पनि छैनौँ । आवश्यकता पर्दा फोनमा कुरा हुन्छ । ट्रामाडोल अरु व्यक्तिमार्फत पठाइदिनु हुन्छ ।’ तिनैमार्फत ‘आन्टी’को मोबाइल नम्बर पाए ।

उनीसँग सम्पर्क गर्ने कोसिस गरे । नयाँ र अपरिचित नम्बरबाट आएको फोन रिसिभ भएन । प्रहरीले ‘आन्टी’सँग अधिकांश फोन सम्पर्क हुने नम्बर पत्ता लगायो । त्यही नम्बरका व्यक्तिलाई आफूहरू लागुऔषध प्रयागकर्ता भएको र ट्रामाडोलबारे चासो राखे । उनले समेत आन्टीलाई देखाइदिए । त्यसपछि भने प्रहरीले आन्टीको खोजी तीव्र पार्यो । करिब एक साता लामो अपरेसनपछि ‘आन्टी’लाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । ती ५३ वर्षीया ‘आन्टी’को ठेगाना दाङ तुलसीपुर उपमहानरगपालिका–८ दुधयाना रहेको र उनको नाम तिलकुमारी विश्वकर्मा रहेको खुलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१५ वर्षदेखि ट्रामाडोलको कारोबार

पक्राउपछि तिलकुमारीमाथि अनुसन्धान गरेको प्रहरीले १५ वर्षअघिदेखि उनी लागुऔषध ट्रामाडोलको कारोबार गर्ने गरेको खुलाएको छ । हाल दाङ बस्दै आएकी तिलकुमारी सल्यानबाट दाङ झरेको खुलेको छ । उनी २० वर्षअघि मेडिकल पसलमा सरसफाइको काम गर्ने गरेको प्रहरीले जनाएको छ । काम गर्दागर्दै उनले लागुऔषधबारे जानकारी लिएको खुलेको छ । उनी काम गर्ने मेडिकल सञ्चालक समेत पक्राउ परे ।

ट्रामाडोल बिक्री गरेकै आरोपमा मेडिकल सञ्चालक पक्राउ परेका थिए । औषधि व्यवस्था विभागले नियन्त्रणमा लिएका सञ्चालक केही समयमै घर फर्किए । त्यहीँबाट उनले ट्रामाडोलको कारोबार गर्दा पैसा कमाउन सकिने देखेपछि कारोबार गर्न थालेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार, तिलकुमारीले पछिल्लो समय भारत र नेपालगन्जबाट ट्रामाडोल ल्याएर युवालाई बिक्री गर्ने गरेको खुलेको छ । सुरुसुरुमा तिलकुमारीले सडकपेटीमा तरकारी बेच्ने बाहानामा लागुऔषध बिक्री गर्ने गरेको खुलेको डीएसपी ठकुरीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

६० रुपैयाँ पर्ने ट्रामाडोलको क्याप्सुल सेवनकर्ता हेरेर ५०० भन्दा बढीमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लागुऔषध बिक्री गरेर नै उनले दाङमा घरसमेत बनाएको प्रहरीको दाबी छ । प्रहरीले उनी र उनको घरमा खानतलासी गर्दा ७५ पत्ता ट्रामाडोल बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । तुलसीपुरका युवा अधिकांश तिलकुमारी उर्फ आन्टीमार्फत् नै लागुऔषध खरिद गर्ने गरेको देखिएको छ ।

लागुऔषध प्रयोगकर्ता र उनीहरूलाई उपलब्ध गराउने मुख्य डिलर तिलकुमारी पक्राउ गर्नुलाई प्रहरीले सफलता मानेको छ । ट्रामाडोल एक प्रकारको औषधि हो । चिकित्सकको सल्लाहबमोजिम भने ट्रामाडोल औषधि पसलबाट खरिद गरी प्रयोग गर्न मिल्छ । सामान्य किनबेचमा भने प्रतिवन्ध लगाइएको छ । ट्रामाडोल लागुऔषधको रूपमा समेत प्रयोग हुने भएकाले सामान्य किनबेचनमा प्रतिबन्ध लगाइएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad