जलजलाको पर्यटन प्रवर्द्धन गर्न वर्षमानको नेतृत्वमा पदयात्रा

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, १४ कार्तिक । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवर्द्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदमार्ग सुरु गरिएको हो । सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब एक सय ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकारसहित छन् ।

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थबाङ र सुनछहरी गाउँपालिकाले गर्नेछन् । पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफूहरूको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा समावेश गरेको भन्दै उनले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रूपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरू अघि बढिरहेको उल्लेख गरे ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad