विद्यालयको विकासको लागि महायज्ञ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ कात्तिक । विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गर्न थालेको हो । महायज्ञ मूल आयोजक समितिले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

कार्तिक २३ देखि ३० गतेसम्म महायज्ञ सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा मावि तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । ‘हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सामग्री खरिद गर्ने तथा पूर्वाधार विकासका लागि महायज्ञ सञ्चालन गर्न लागेका छौँ’, वलीले भने । विद्यालयको अन्य आम्दानीको स्रोत नहुँदा दाताको भरकै विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । यसमा सबैको सहयोग रहने उनले बताए । आम्दानीको स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या हुँदै आएको अध्यक्ष वलीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए पनि साधन स्रोतको कमीका कारण स्रोत जुटाउन महायज्ञको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईले जानकारी दिए । स्रोत व्यवस्थापन गरेर विद्यालयको विकासमा काम गरिने उनको भनाइ छ । विद्यालय अहिले पनि दाताहरूको सहयोगबाट चलिरहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले विद्यालयको विकासका लागि गर्न लागिएको महायज्ञमा सञ्चार क्षेत्रको सहयोग रहने बताए । सामाजिक विकास विकासलगायतका क्षेत्रमा सञ्चार क्षेत्रले सहयोग गर्दै आएको पोख्रेलले बताएका थिए । महायज्ञबाट सङ्कलन भएको रकम प्राथमिकता निर्धारण गरेर खर्च गर्न उनले सुझाएका थिए । महायज्ञका कथावाचक पं अमृतशरण देवाचार्यले विद्यालयको विकासका लागि भएकाले महायज्ञसँग आफू जोडिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आप्mनै ठाउँको विद्यालयको विकासका लागि आफू सहभागी हुन लागेको भन्दै सबैमा सहयोग गर्न उनले आग्रह गरे । महायज्ञ सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । मूल आयोजक समिति तथा उपसमितिले आ–आप्mनो जिम्मेवारीको काम सुरु गरेको आयोजकले जनाएको छ । महायज्ञ सबैको सहयोगमा सफल हुने आयोजकले अपेक्षा गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad