गुरुकुलका विद्यार्थी प्रयोगात्मक शिक्षाका लागि एक साता बन्द शिवरमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ कार्तिक । गुरुकुल एकेडेमी दाङका विद्यार्थीहरुले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आफ्नो क्षेत्रको विकासका लागि तदारुकता देखाउन सुझाव दिएका छन् । दाङको वंगलाचुली गाउँपालिका वडा नम्बर २ स्थित मर्पेसमा प्रयोगात्मक शिक्षाका लागि साता दिनको बन्द शिवरमा गएका विद्यार्थीहरुले त्यहाँ खासपासका समस्याहरुलाई अवलोकन तथा अध्ययन गर्दै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई विकासका गतिविधिमा ध्यान दिन सुझाव दिएका हुन् ।

जिल्लाका सदरमुकाम घोराहीबाट छोटो दुरीमा रहेका ती क्षेत्रहरुमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत समस्याहरु रहेको भन्दै विद्यार्थीहरुले यस्ता समस्याको समयमै निराकरणमा ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गरे । मर्पेसमा बन्द शिवरको समयमा घोराही उपमहानगरपालिका वडा नं। १८ स्थित घोरदौरामा स्थलगत अध्यानका लागि पुगेकी गुरुकुल एकेडेमी घोराहहीकी इश्यू बुढाथोकीले घोरदौरा उपमहानगरपालिकाको एउटा सुन्दर बस्ती भएपनि त्यहाँका स्थानीयले अझै पनि राज्यबाट पाउनुपर्ने सामान्य आधारभूत सेवा समेत नपाएको अध्ययनको क्रममा फेला परेको बताइन् । उनले त्यहाँका स्थानीयहरुले गुणस्तरीय शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या भोग्नुपरेको भन्दै यसमा स्थानीय तहको छिटोभन्दा छिटो ध्यान जान सुझाव दिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बन्द शिवरको सातौ दिन आज मर्पेस डाँडामा जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै विद्यार्थीहरुले बंगलाचुली गाउँपालिका वडा नं। २ मर्पैस आसपासका विभिन्न गाउँहरुमा पुगेर अध्ययन अवलोकन गरेको र त्यस क्रममा स्थानीयले राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताएका थिए ।

कार्यक्रममा प्रमुख अथिति बंगलाचुली गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष मैते पुनले पहिलेको भन्दा पछिल्लो चरणमा यस क्षेत्रमा विकास गतिविधिले धेरै फड्को मारेको बताए । ग्रामीण क्षेत्र भएकाले बजारको जस्तो छिटोछरितो रुपमा विकास हुन नसकेपनि पहिलेको तुलनाम विकास भएको उनले बताए । यहाँको विकास गर्नका लागि आफूहरु सकेसम्म प्रयास गरिरहेको र क्रमशः विकास हुने अध्यक्ष पुनको भनाइ थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गुरुकुल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा श्रृृष्टि बाल क्लबका संरक्षक बेचन ओली, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीलगायतले आफ्ना धारणा राखेका थिए भने गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल सुरज खनालको स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad