एमालेको विज्ञप्तिमा नेकपा बहुमतको प्रतिक्रिया: घरजग्गा फिर्ता नभए अर्काे कारवाही गर्छौं

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ कार्तिक । दुर्गा प्रसाद पन्थलाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले गरेको जनकारवाहीप्रति नेकपा एमाले दाङले आलोचना गर्दै विज्ञप्ति जारी गरेपछि नेकपा बहुमतले ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा बहुमत दाङका सेक्रेटरी अमरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मिटरव्याज पीडितहरूको पक्षमा गरिएको कारवाहीलाई नेकपा एमालेले गलत अर्थ लगाएको जनाउँदै यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेकपा बहुमतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले मिटरव्याज पीडितहरूको न्यायका लागि जनकारवाही गरेका हौं। यो कुनै राजनीतिक दललाई लक्षित गरेको होइन।” नेकपा बहुमतले मिटरव्याज प्रथामा संलग्नहरुलाई मात्र कारवाही गरिएको बताउँदै, एमालेको विरोधलाई अर्थहीन भएको जनाएको छ।

नेकपा एमालेलाई प्रष्ट पार्न चाहन्छौं, ‘हामीले मिटरव्याजिलाई जनकारवाही गरेको हो, नेकपा एमालेलाई होइन। यदि मिटरव्याजिलाई कारवाही गर्दा एमाले पार्टीलाई दुःख लाग्छ भने हामी अझै दुःखाइ रहनेछौं।’ विज्ञप्तिमा भनिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सांकेतिक जनकारवाही गरेको १० दिन भित्र जनताको घरजग्गा फिर्ता गर्न दिएको निर्देशन अटेरी गर्न खोजे घोराही निवासी पन्थलाई दोस्रो चरणको कारवाही भोग्न तयार रहनुपर्ने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ।

पन्थले मिटरव्याजबाट सयौंको संख्यामा उठिवास लगाएको भन्दै असोज २९ गते नेकपा बहुमतले जनकारवाही गरेको थियो। घटना घटेको १० दिनपछि कात्तिक ९ गते नेकपा एमाले दाङले घोराहीका व्यवसायी तथा जिल्ला सल्लाहकार सदस्यमाथि दुर्व्यवहार गर्नेमाथि कारवाही गर्न माग राख्दै कानुन हातमा लिने समूहलाई कारवाही गर्न माग गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad