दाङमा बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका एक सशस्त्र प्रहरी मृत फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ कार्तिक । दाङको भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीका दुई सहायक हवल्दार मध्य एक जना मृत फेला परेका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रेवन पचभैया मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभएको छ । प्युठान बडडाडा घर भएका शसस्त्र प्रहरी जवान पचभैया मगरले गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा शब फेला परेको हो ।

वडा प्रहरी कार्यालय घोराहिको हिरासतमा रहेका उनको शव आज बिहान ५ बजे फेला परेको थियो । प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरी मृत फेला परेपछि घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उनि प्रहरी नियन्त्रणमा आउनु अघि देउखुरीको राप्ती गाउँपालिका १, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी वल ज्वालामाई गण २ नम्बर हेटक्वाटरको कार्यालयमा कार्यरत थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ बर्षिय र आर्को १४ बर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगरले बलात्कार गरेको पिडित पक्षको जाहिरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवल्दारलाई नेपाल प्रहरीको जिम्मा लगाईएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad