घोराहीमा सब्जीमण्डीका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


दाङ्ग, १० कार्तिक । घोराही-१४ मा रहेको कृषि उपज बजार सब्जीमण्डीका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि उपज बजार संञ्चालक समितीका अध्यक्ष सरस्वती गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरी तरकारी व्यवसायीका समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया तथा सरसफाई अभिमुखीकरण गरिएको थियो ।

प्रमुख अतिथी उपप्रमुख डिसिले व्यापारीहरुले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको थियो । सरसफाई नै व्यक्तिको पहिचान भएको भन्दै व्यवसायीक गतिविधीका साथै सरसफाईलाई पनि प्रथमिकता दिन सुझाव दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा घोराही १४ का वडा सदस्य मोहन श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार नारायण विवशले मन्तव्य राख्नुभएको थियो ।

५० सटरमा व्यापारीहरु रहेको सब्जीमण्डीका ३६ जना व्यापारीहरुको सहभागिता रहेकोका कार्यक्रममा घोराही उपमहानगरपालिकाका अन्तरगत रहेको सरसफाई शाखाका प्रमुख लक्षमण अधिकारीले सरसफाई सम्बन्धि अभिमुखीकरण गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितीका निवर्तमान अध्यक्ष गुलाम रशुलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सचिव दिलमाया चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad