दरबन्दी नपाउँदा मावि सौडियारमा कक्षा ११ र १२ को पठनपाठनमा समस्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालय सौडियारले कक्षा ११ र १२ सञ्चालन भएको वर्षौँ बितिसक्दा पनि दरबन्दी पाउन सकेको छैन् ।

विद्यालयले दरबन्दी नपाउँदा पठनपाठनमा समस्या उत्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टुमा अहिलेसम्म एउटा पनि दरबन्दी नरहेको र मावि तहमा विद्यार्थी संख्या अनुसार अपुग दरबन्दी धेरै रहेकोले घाटामा कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्न गाह्रो भइरहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयकै जनशक्तिलाई कक्षा ११ र १२ को पढाइमा खटाउँदा पनि चलनचल्तीको पारिश्रमिक दिन नसकिएको, श्रमको कम पारिश्रमिक लिएर शिक्षकहरूले पढाइरहेको र केही शिक्षक बाहिरबाट ल्याउनुपर्ने अवस्थाले समस्या थपिएको प्रधानाध्यापक नन्दबहादुर वलीले बताउनुभयो ।

प्लस टुमा दरबन्दी थप्न पटक-पटक वडा कार्यालय हुँदै घोराही नगर प्रमुखसँग माग राख्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उहाँले मेहनतपूर्वक प्लस टु सञ्चालन गरे पनि राज्यका जनप्रतिनिधिहरूले मेहनतको कदर नगरेकोमा दुःख व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्लस टु र मावि तहमा दरबन्दी थपिएको अवस्थामा कक्षा ११ र १२ को पढाइ कुनै अभिभावकबाट सहयोग शुल्क नलिई चलाउन सकिने तर राज्यले सहयोग नगरेमा प्लस टु कक्षासमेत बन्द गर्नुपर्ने अवस्था आउने शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताउनुभयो ।

कक्षा ११ र १२ सञ्चालन गर्दा वार्षिक रूपमा अभिभावकबाट उठ्ने सहयोग शुल्क मात्र ४ लाख रुपैयाँ भए पनि खर्च ९ लाख रुपैयाँभन्दा बढी हुने भएकाले प्लस टुको खर्च धान्न नसक्ने अवस्था आएको प्रधानाध्यापक वलिले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही-७ का वडा अध्यक्ष खोपिराम चौधरीले प्लस टु सञ्चालन हुने मावि सौडियार वडा नम्बर ७ भित्र एकमात्र विद्यालय भएकाले वडाको गौरवका लागि प्लस टु सञ्चालनमा स्रोत जुटाउन र दरबन्दी थप्न नगर प्रमुखसँग कुरा राख्ने बताउनुभयो ।

वडाले प्लस टु पढ्ने विद्यार्थीलाई लक्षित गरेर वार्षिक ४ लाख बजेट छात्रवृत्तिका लागि विनियोजन गर्दै आएको छ । तर एसइइ पासपछि विद्यार्थीले बजारतिरै पढ्नुपर्ने ‘फेसन’ चलेको र विद्यार्थी संख्या घट्दै जाँदा प्लस टु सञ्चालनमा थप कठिनाइ आएको विद्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले विद्यालयमै हुने शिक्षा संकायमा विद्यार्थीले नपढेर सोही विषय पढ्न बाहिर जान खोज्दा चुनौती थपिएको बताउनुभयो । उहाँले प्लस टु सञ्चालनका विषयमा सरोकार राख्ने सबैलाई एकै मञ्चमा छलफलमा बोलाएर सल्लाह सुझाव लिने योजना रहेको बताउनुभयो ।

स्थानीय किसानका छोराछोरीलाई गाउँमै घोराही बराबरकै प्लस टु शिक्षा दिन कक्षा ११ र १२ सञ्चालन गरिएको र अभिभावक सचेत नभए आर्थिक संकट गहिरिँदै जाने पाण्डेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पठनपाठन सुधारमा विद्यालय लागिपरेको भन्दै अभिभावकलाई कुनै गुनासो भए सल्लाह दिन आग्रह गरिएको र गुनासा आएका विषयहरूलाई समयमै सच्याउँदै जाने उहाँले बताउनुभयो ।