दाङ, ७ कात्तिक । कोरियन एम्बेस्डर तेक्वान्दोमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र ३ काश्यसहित ८ पदक जितेको छ ।
मित्र राष्ट्र दक्षिण कोरिया र नेपाल बिच दौत्य सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कोरियन एम्बेस्डर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदशन गर्दै ८ पदक जितेको हो । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको मुख्यालयमा कार्तिक २ देखि ५ गतेसम्म भएको प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै अल्फा डोजाङले पदक जितेको महिला रेफ्री एवम् अल्फा तेक्वान्दो डोजाङ प्रमुख तथा प्रशिक्षक सुनिता बिष्टले जानकारी दिनुभयो ।
देशभरबाट करीब एक हजार खेलाडी सहभागी राष्ट्रिय स्तरको प्रतियोगीतामा प्रतिष्पर्धात्मक खेलमा विशेष प्रभाव प्रस्तुत गर्दै अल्फाबाट सहभागी १२ जना खेलाडी मध्येबाट ३ जनाले स्वर्ण, २ जनाले रजत र ३ जनाले कास्य गरी कुल ८ पदक हासील गरेको बिष्टले जानकारी दिनुभयो ।
बिष्टको मुख्य प्रशिक्षणमा सहभागी खेलाडीले फाइटतर्फ पुरुष ६८ केजी तौल समुहमा कृष्णबहादुर पुन मगर ले, ४८ केजी तौल समुहमा कमल खड्का र महिला ३३ केजी तौल समुहमा अस्मिता बुढाले स्वर्ण पदक जितेका छन् । महिला ५९ केजी तौल समुहमा अदीति सुनार र १७ वर्ष मुनिको पेयर पुम्सेमा निरमा बिष्ट र बिमल योगीको जोडीले रजत पदक हासिल गरेका छन् ।
पुरुष १२ वर्ष मुनी समुह पुम्सेमा टाइसन बिष्ट, रोजीत खड्का र सुभम केसी तथा १७ वर्ष मुनीको समुह पुम्सेमा कृष्णबहादुर पुन, कमल खड्का र बिमल योगीको समुह एवम् सोही समुहमा महिलातर्फ सरिता केसी, अदीती सुनार र निरमा बिष्टको समुहले काष्य पदक हासिल गरेका छन् ।
राष्ट्रिय स्तरको प्रतियोगीतामा विशेष प्रभाव छाड्दै उत्कृष्ट प्रदर्शनसहित ८ पदक हासिल गर्नु खेलाडीहरुको मेहनतको प्रतिफल रहेको हालै काजकस्तानमा सम्पन्न अन्तराष्ट्रिय रेफ्री कोर्ष परिक्षामा सहभागी नेपालकै चर्चित महिला रेफ्री एवम् अल्फा तेक्वान्दो डोजाङ प्रमुख तथा प्रशिक्षक बिष्टको भनाई छ ।
अल्फामा प्रशिक्षण लिएका खेलाडीहरुले कडा मेहनत र खेल अनुशासनको पालना गर्दै अघि बढ्दा निरन्तर सफलता हासिल गरिरहेको उहाँले बताउनुभयो । ‘यो मेरो पहिलो र अन्तिम सफलता होईन । म अनुशासनसहितको निरन्तरको मेहनतमा विश्वास गर्छु’ उहाँले भन्नुभयो ‘म प्रति विश्वास गर्ने सम्पूर्ण खेलाडी, अभिभावक र शुभचिन्तकहरु प्रति यो सफलताको खुसी बाँड्न चाहन्छु । यसरी नै अल्फाको सफलताले थप उँचाइ लिदै जावस शुभकामना छ ।’ अल्फा तेक्वान्दो डोजाङमा हाल विभिन्न उमेर तथा तौल समुहका सयौँ खेलाडीले प्रशिक्षण लिने गरेका छन् ।