कोहलपुरमा एक बालिकालाई होटलमा दुई दिनसम्म राखेर पाँच जनाले बलात्कार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक बालिकालाई कोहलपुरस्थित होटलमा दुई दिनसम्म राखेर पाँचजनाले बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जाेशीका अनुसार बलात्कार आराेपमा उनिहरूलाई एक स्थानिय हाेटलबाट नियन्त्रणमा लिईएकाे हाे ।

पक्राउ पर्नेमा, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँ बस्ने डम्मर बहादुर रोकाया, गाभर बस्ने निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिबन रोकाया रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा न. ११ सुर्खेत रोड स्थित एक होटलमा नाबालिकालाई सामुहिक जबरजस्ति करणी गरेको सूचना प्राप्त भए पश्चात उनिहरुलाई पक्राउ गरीएकाे इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले बताएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad