तुलसीपुरमा नगर प्रहरी छनौट : नतिजा सार्वजनिक गर्न आनाकानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले छनौट गर्न थालेको नगर प्रहरीको दुई महिना बितिसक्दा पनि नतिजा टुंगोमा पुर्‍याउन सकेको छैन ।

ऐनअनुसार बनेको छनौट समितिले १५ जनाको अन्तिम नामावली असोज ८ गते नै लाहछाप लगाएर छनौट समितिका अध्यक्षलाई बुझाइसकेको छ । अन्तिम नामावली छनौटको २२ दिनसम्म पनि सार्वजनिक नहुँदा सहभागीहरुले शंका व्यक्त गर्न थालेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छनौट प्रक्रियाको अन्तिमसम्म नाम निकाल्न सफल भएकामध्ये एकजनाले नाम नबताउने शर्तमा रिजल्ट निष्पक्ष आउँछ या आउँदैन भन्ने विषयमा शंका पैदा भएको बताए । ‘सबै चरण पार गरेर आइयो, अन्तर्वार्ता पनि राम्रै भएको छ । त्यसैले नाम निस्कने कुरामा ढुक्क थिएँ तर रिजल्ट आउन यति धेरै समय लाग्यो । यहींनेर शंका हो’- उनले भने- ‘२७ जनाको अन्तर्वार्ता भएको हो, छनौट हुनुपर्ने १५ जना हो । छनौट समितिले १०/१२ दिन अघि नै नतिजा तयार गरिसकेको जानकारी पाएका छौं तर अहिलेसम्म रोकिनुको कारण के हो ?’

ऐनअनुसार छनौट समितिमा पालिकाको प्रमुख प्रशासकीय अधिकृत अध्यक्ष तथा सदस्यहरुमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बल बेस क्याम्प तुलसीपुरका प्रमुख सदस्य साथै पालिकाको प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । समितिका एक सदस्यले भने- ‘छनौट समितिले दिएको अन्तिम नामावली प्रकाशनमै आनाकानी हुँदा शंका पैदा हुनु स्वाभाविक नै हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगर प्रहरीको विषयमा उपप्रमुख स्यानी चौधरी भन्नुहुन्छ- ‘मैले यो विषयमा जानकारी लिन खोज्दा नगर प्रमुखले दशैंपछि तत्कालै गर्ने हो भन्नुभएको थियो । दशैंपछि कार्यालय खुलिसक्यो तर रिजल्ट किन प्रकाशित भएन मलाई थाह भएन । नगर प्रमुखलाई सोध्नुहोला ।’

वडा नं. ९ का अध्यक्ष तथा लेखा समिति संयोजक घनश्याम ढकालले भने आफूहरुको दबाबका कारण नगर प्रहरीको परीक्षा निस्पक्ष भएको र परीक्षा निस्पक्ष हुँदा आफ्ना मान्छे भर्ना नभएपछि नतिजा रोकिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो- ‘मलाई जानकारी आएअनुसार जम्मै कर्मचारीले भनेका मान्छे भर्ना भए, मेयरले भनेका भएनन् । त्यसकारण रिजल्ट रोकिएको हो ।’ उहाँले भन्नुभयो ।

पालिकाले ऐनअनुसार असार २० गते २१ दिनभित्र आवेदन दिन भर्ना खुला गरेको सूचना जारी गर्दै नगर प्रहरीको विभिन्न तहका लागि आवेदन खोलेको हो । नायव निरीक्षक (पाँचौं तह एकजना, सहायक निरीक्षक (चौथो) तह एकजना, हवल्दार दुईजना र जवान ११ जना गरी जम्मा १५ जनाका लागि आवेदन खोलिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमा एक सय ८७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये नौजना कागजात नपुगेर स्वतः अयोग्य ठहरिए । एक सय ७८ जनाले साउन २३ र २४ गते पहिलो चरणको छनौटमा भाग लिएका थिए । अन्तर्वार्तासम्म सबै तहका गरी ३२ जना पुगेका थिए, तीमध्येबाट १५ जना नगर प्रहरी छनौट हुनुपर्ने हो तर पालिकाले दुई महिनासम्म पनि टुंग्याउन सकेको छैन ।

२२ दिनअघि नै छनौट समितिले बुझाइसकेको नतिजा सार्वजनिक गर्न भइरहेको आनाकानीले नागरिक तहमा शंका भइरहेको छ । नयाँ युगबोध दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad