स्वर्गद्वारीबाट फर्किने क्रममा कार दुर्घटना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ कार्तिक । प्यूठानमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२ नम्बरको कार दुर्घटना बुधबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीको टाकुरा थुम्कामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने सबै जना भारतीय रहेको इलाका प्रहरी कार्यालय भिंग्रिले जनाएको छ ।

दुर्घटनामा परि भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने ५३ वर्षीय विरेन्द्र पाण्डे , ४३ वर्षीया सुभद्धा पाण्डे, १७ वर्षीया जया पाण्डे, ५५ वर्षीया शिला पाण्डे, ४५ वर्षीय अलिलेख कुमार पाण्डे घाइते भएको इलाका प्रहरी कार्यालय भिंग्रिका प्रहरी निरीक्षक नविन कुमार थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रिमा उपचार भइरहेको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । कार बेक्र फेल भई सडकबाट २० मिटर तल खसेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad