“कच्वेमा धेरै मोटरसाइकल पल्टिएको देखेपछि अभियान सुरु गरे”-पौडेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० असोज । सामाजिक काममा सक्रिय रहेका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का सामाजिक अभियन्ता उपेन्द्र पौडेलको नेतृत्वमा मंगलबार स्थानीय युवाहरूले घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत हापुर खोलामा जमेको लेउ सफा गरेका छन्। पुल नहुँदा अस्थायी रूपमा बनाइएको कच्वेमा लेउ जमेर सवारी दुर्घटनाको जोखिम बढेपछि उक्त काम गरिएको हो।

सामाजिक अभियन्ता पौडेलसहित सन्दीप बस्नेत, बाबुराम घिमिरे, विप्लव सेर्पाइली, बलराम घिमिरे, राजीव पछाइँ, र किशोर लोहोनी लगायतका स्थानीय युवाहरूको समुहले कच्वेमा जमेको लेउ हटाएर सडक सफा गरेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“कज्वेमा धेरै मोटरसाइकल पल्टिएको आफ्नै आँखाले देखेपछि दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यो काम सुरु गरेको हुँ,” पौडेलले भने, “स्थानीय युवाहरूको साथ पाउँदा म निकै खुसी छु।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

खोलामा पुल नहुँदा स्थानीय बासिन्दाले हिउँदमा लेउ र वर्षामा पानीको कारण ठूलो समस्या भोग्दै आएका छन्। पौडेलले घाेराही-तुलसीपुर सडक खण्डकाे कालोपत्रे सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिम बढेपछि केही दिन अघि सरकारको ध्यानाकर्षण गराउँदै खाल्डाखुल्डी टाल्ने अभियान समेत सञ्चालन गरेका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad