दाङमा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

दाङ, ३० असोज । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई  करिब २ सय ८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका १४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मन कुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर बाट नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad