बढ्याे पेट्रोल र डिजेलकाे भाउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैँयाले बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ५८ र तेस्रो वर्गका लागि  १ सय ५९ कायम भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१  रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad