दाङका डिएसपी ईश्वर थापा उत्कृष्ट अनुसन्धानकर्ता प्रहरी पुरस्कारबाट सम्मानित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० असाेज। ६९औं नेपाल प्रहरी दिवस २०८१ का अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक(डिएसपी)ईश्वर थापा उत्कृष्ट अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कारबाट सम्मानित हुनुभएकाे छ।

थापाले आफ्नो जिम्मेवारी अन्तर्गत पर्ने संगठित अपराधसम्बन्धी फौजदारी अपराधहरूको वस्तुनिष्ठ, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्‍याएको भन्दै आज(बुधबार) उहाँलाई सम्मानित गरिएको हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एक विशेष समारोहका बीच थापालाई यो सम्मान प्रदान गर्दै राष्ट्रसेवामा थप कटिबद्ध भएर काम गर्न र भविष्यमा पनि जिम्मेवारीसँग निष्ठापूर्वक कर्तव्य निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभएकाे छ।

नेपाल प्रहरी संगठनले आफ्नो वार्षिक दिवसमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई यसरी सम्मान गर्दै आएको छ।उत्कृष्ट अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कार प्राप्त गर्ने प्रहरी नायब निरीक्षक (डिएसपी) ईश्वर थापा भर्खरै प्युठानबाट सरुवा भएर दाङ जिल्लामा आउनुभएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad