सल्यानमा २० दिने सुत्केरीको मृत्यु

दाङ, २८ असोज । सल्यानमा २० दिने सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका ५ झारकाँडाकी वर्ष २७ की सुत्केरी अस्मिता कुमाईको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार बेलुकी खाना खाएकोपछि एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए ।

उनका अनुसार २०७६–०७७ मा कोरोना संक्रमणपछि कुमाई श्वासप्रश्वासको समस्याबाट प्रभावित भएकी थिइन् । श्वासप्रश्वासको समस्याका कारण कुमाईको मृत्यु भएको हुनसक्ने ओलीले जानकारी गराए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad